Logo मंगलवार, श्रावण १२ गते २०८३
images

रुपन्देही व्यापार संघले भन्याे-‘ दाङमा प्रदेश ५ को राजधानी बनाउने निर्णय जनभावना विपरीत ’

रुपन्देही व्यापार संघले भन्याे-‘ दाङमा प्रदेश ५ को राजधानी बनाउने निर्णय जनभावना विपरीत ’

  • 4.1K
    SHARES

  • रुपन्देही व्यापार संघले भन्याे-‘ दाङमा प्रदेश ५ को राजधानी बनाउने निर्णय जनभावना विपरीत ’

    बुटवल,असोज १७ -

    रुपन्देहीको बुटवलमा रहेको प्रदेश ५ को अस्थायी राजधानीलाई प्रदेश सरकारले दाङको भालुवाङमा स्थायी राजधानी बनाउने निर्णय गरी प्रदेश सभामा प्रस्ताव दर्ता गरेकोप्रति रुपन्देही व्यापार संघले भत्सर्ना गरेको छ ।

    संघका अध्यक्ष यमलाल लोहनी तथा महासचिव दयानिधि भण्डारीले संयुक्त रुपमा जारी गरेको विज्ञप्तिमा दाङमा प्रदेश ५ को राजधानी बनाउने निर्णय जनभावना विपरीत भएको उल्लेख छ ।

    प्रदेश सरकारले बुटवलमा रहेको अस्थायी राजधानीलाई स्थायी बनाउने प्रक्रिया थाल्नुको सट्टा दाङ लैजाने प्रस्ताव गर्नु यस क्षेत्रलाई अखण्ड राख्न गरेको आन्दोलन र माग विपरीत रहेको उल्लेख गर्दै विज्ञप्तिमा तत्काल सो प्रस्ताव फिर्ता गर्न भनिएको छ ।

    रुपन्देहीबाट राजधानी सार्ने निर्णयको विपक्षमा उभिन प्रदेशसभामा प्रतिनिधित्व गर्ने सबै दलका सांसद, व्यवसायीक संघसंस्था र सर्वसाधारणलाई संघले अनुरोधसमेत गरेको छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology