Logo मंगलवार, श्रावण १२ गते २०८३
images

लुम्बिनी प्रदेशकाे राजधानीबारे मुख्यमन्त्रीले भने-‘साझा मनोविज्ञान खोजी गर्ने गर्नेक्रममा त्यो बिन्दुमा पुगेका हौं ’

लुम्बिनी प्रदेशकाे राजधानीबारे मुख्यमन्त्रीले भने-‘साझा मनोविज्ञान खोजी गर्ने गर्नेक्रममा त्यो बिन्दुमा पुगेका हौं ’

  • 3.5K
    SHARES

  • लुम्बिनी प्रदेशकाे राजधानीबारे मुख्यमन्त्रीले भने-‘साझा मनोविज्ञान खोजी गर्ने गर्नेक्रममा त्यो बिन्दुमा पुगेका हौं ’

    बुटवल,असोज २० -  

    लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले समग्र प्रदेशको साझा मनोविज्ञानको खोजी गर्ने क्रममा दाङको भालुवाङलाई स्थायी राजधानी बनाउने प्रस्ताव गरेकाे बताएका छन्।

    प्रस्तावित प्रदेशको स्थायी राजधानी र नामका विषयमा छलफलको दोस्रो दिन प्रदेशसभामा सम्बोधन गर्दै पोखरेलले प्रदेश राजधानी लुम्बिनी अञ्चलभन्दा बाहिर लगियो भन्ने गरी नबुझ्न सबैमा आग्रह गरेका हुन्।

    समग्र प्रदेशको प्रतिनिधित्व हुने गरी दाङको राप्ती गाउँपालिका, गढवा गाउँपालिका र अर्घाखाँचीको सिरगंगा नगरपालिका तीन स्थानीय तहलाई छनोट गरिएको पोखरेलले बताए। प्रदेश सरकार कुनै एउटा क्षेत्र विशेषमा केन्द्रित नभई समग्र विकासका चिन्ता भई अगाडि बढेको पोखरेलले दाबी गरे।

    ‘दाङको भालुवाङले हाम्रो प्रदेशलाई कुन रुपमा जोड्छ त्यसलाई यसरी बुझ्न सकिन्छ। लालमटिया, सिहनिया गोबडिया फुररिया जस्ता गाउँहरु छन् ती ठाउँहरु थारु संस्कृतिका एतिहासिक महत्व क्षेत्र हुन,’ स्थायी राजधानीमा दाङलाई प्रस्ताव गरिनुको स्पष्टीकरण दिँदै पोखरेलले भने, ‘त्यसको उत्तर इलाकामा जानुभयो भने भालुवाङ र लापे जस्ता क्षेत्रहरुले मगर संस्कृतिको प्रतिनिधित्व गरेका क्षेत्र हुन्। गोबडियालाई मधेशी समुदाय बसोबास गरेको एतिहासिक थलोको रुपमा बुझन सकिन्छ।’

    प्रदेश ५ का विशेषता प्रस्तावित राजधानी भालुवाङले प्रतिनिधित्व गर्ने पोखरेलको भनाइ छ। ‘भालुवाङको विकासका सन्दर्भमा त्यो ठाउँमा रोल्पा, प्यूठान अर्घखाति र गुल्मीबाट बसाई सरेका मान्छेहरु आएर बजारको निर्माण गरे। त्यसले कुनै एउटा भेगको मात्रै प्रतिनिधित्व गर्दैन,’ पोखरेलले भने, ‘भालुवाङले यो प्रदेश साझा मनोविज्ञानको प्रतिनिधित्व गर्छ।’

    स्थायी राजधानी दाङ तोकिएको अर्थ नलिन सबैमा आग्रह गरे। प्रदेश राजधानी लुम्बिनी क्षेत्रभन्दा बाहिर होइन लुम्बिनी क्षेत्रमै भएको भन्ने गरी बुझ्न पोखरेलले सबैमा आग्रह गरे।

    ‘राजनीतिक आग्रह भयो कि भन्ने आउने गरेको छ। हामीले जुन तीन पालिकाको छनोट गरेका छौँ। राप्ती गाउँपालिका सिरगंगा नगरपालिका र गढवा गाउँपालिका २ पालिकाको नेतृत्व प्रतिपक्ष पार्टीका साथीहरुले गरीरहनु भएको छ। त्यो गाउँपालिकाको सत्तापक्ष कांग्रेस हो,’ पोखरेलले भने, ‘हामीले समग्र प्रदेशको हितलाई राखेका छौं। साझा मनोविज्ञान खोजी गर्ने गर्नेक्रममा त्यो बिन्दुमा पुगेका हौं।’ 

    यी समाचारहरु पनि पढाैँ :-

     

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology