Logo मंगलवार, श्रावण १२ गते २०८३
images

प्रमुख प्रतिपक्षी दल कांग्रेसद्वारा प्रदेश ५ को प्रदेशसभा बैठक अवरुद्ध,२ बजेसम्मका लागि संसद बैठक स्थगित(फोटोफिचर)

प्रमुख प्रतिपक्षी दल कांग्रेसद्वारा प्रदेश ५ को प्रदेशसभा बैठक अवरुद्ध,२ बजेसम्मका लागि संसद बैठक स्थगित(फोटोफिचर)

  • 5.6K
    SHARES

  • प्रमुख प्रतिपक्षी दल कांग्रेसद्वारा प्रदेश ५ को प्रदेशसभा बैठक अवरुद्ध,२ बजेसम्मका लागि संसद बैठक स्थगित(फोटोफिचर)

    बुटवल,असोज १९ - 

    प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रदेश ५ काे संसद बैठक अवरुद्ध गरेकाे  छ । केहीबेरअघि संसद भवन परिसरमै बसेको कांग्रेस दलको बैठकले आजको संसद बैठक अवरुद्ध गर्ने निर्णय गरेको समेत गरिसकेकाे थियाे ।received_328635828429519.jpeg

    सरकारले दाङको भालुवाङलाई प्रदेशको स्थायी राजधानी बनाउने प्रस्ताव ल्याएको भन्दै कांग्रेसले विरोध गरेको छ । बैठकको सुरुमै संसदीय दलका नेता वीरेन्द्र कनौडियाले राजनीतिक सहमति गरेर प्रस्ताव ल्याउनुपर्ने बताए ।p5 sava nc birod.png

    लगतै सांसदहरुले रोष्टम घेराउ गरेका छन् । उनीहरुले संसदीय मर्यादा कायम राख्न, राजधानी विशेष समितिको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने लगायतका माग राखेकाे छ।

    कांग्रेसले सोमबार बिहान सरकारले ल्याएको प्रस्ताव केहीदिनलाई रोकेर सबै पक्षसँग छलफलपछि मात्रै अघि बढाउन प्रस्ताव गरेको थियो। सो प्रस्तावमा नेकपाले असहमति जनाएपछि संसद बैठक अवरुद्ध गर्ने निर्णय भएको सचेतक निर्मला क्षेत्रीले जानकारी दिइन्। अवराेधपछि संसद बैठक २ बजेसम्मका लागि स्थगित भएकाे छ ।congress birod.png

    ‘कसैको रहर पूरा गर्न र राजनीतिक स्वार्थ पूरा गर्न यो प्रस्ताव’ : कनौडिया

    birendra kanaudiya.png

    प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डको वैशाखी टेकेर दाङको भालुवाङलाई प्रदेशको स्थायी राजधानी बनाउने प्रस्ताव ल्याएको कांग्रेस संसदीय दलका नेता वीरेन्द्र कनौडिया आराेप लगाए । कनौडियाले भने, ‘कसैको रहर पूरा गर्न र राजनीतिक स्वार्थ पूरा गर्न यो प्रस्ताव आएको छ ।’

    उनले राजधानीको विषय राजनीतिक सहमतिबाट टुंगो लगाउनुपर्ने बताए ।  बुटवल, दाङ वा कपिलवस्तु जहाँ राजधानी बनाए पनि औचित्य प्रमाणित गरेर प्रस्ताव ल्याउनुपर्ने बताए ।उनले मुख्यमन्त्री पोखरेलले प्रधानमन्त्री र अर्का अध्यक्षको बैशाखी टेकेर एकलौटी प्रस्ताव ल्याएको बताए ।

    यी समाचार पनि पढाैँ :-

    pradesh-rajdhani-butwal.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology