Logo मंगलवार, श्रावण १२ गते २०८३
images

राजधानी दाङ प्रस्तावकाे बुटवलमा बिराेध : प्रशासनले ताेकेकाे निषेधित क्षेत्र ताेडेर बिशाल प्रदर्शन

राजधानी दाङ प्रस्तावकाे बुटवलमा बिराेध : प्रशासनले ताेकेकाे निषेधित क्षेत्र ताेडेर बिशाल प्रदर्शन

  • 7.0K
    SHARES

  • राजधानी दाङ प्रस्तावकाे बुटवलमा बिराेध : प्रशासनले ताेकेकाे निषेधित क्षेत्र ताेडेर बिशाल प्रदर्शन

    बुटवल,असोज १८ -

    प्रशासनको निषेधाज्ञा तोडेर बुटवलमा सञ्जाल रुपन्देहीले बृहत प्रदर्शन गरेको छ ।प्रदेश ५ को अस्थायी राजधानी दाङ प्रस्ताव गरिएपछि बुटवलमा ४ दिनदेखि आन्दोलन जारी रहेको छ ।

    नेपाली कांग्रेस र रुपन्देही ६० भन्दा बढी संघसंस्था आबद्ध सञ्जाल रुपन्देहीले बुटवललाई नै राजधानी बनाउनुपर्ने भन्दै विहानैदेखि प्रदर्शन गरेका हुन् । बुटवलको राजमार्ग चौराहादेखि शुरू भएको सञ्जालको प्रदर्शन ट्रार्फिकचोकसम्म पुगेको थियो ।

    प्रदर्शनमा  सहभागीले राजधानीको विषयमा नेकपाले अन्तर्घात गरेको भन्दै सरकार र नेकपाविरूद्ध नाराबाजी गरेका थिए। बुटवलबाट राजधानी सार्न नदिने उनीहरुको चेतावनी छ ।

    उनीहरुले प्रदेश राजधानी सार्न पाईँदैन,मान्यज्यूहरु खवरदार, अर्को चुनावमा भोट चाँहीदैन ?, राजधानी सार्न पाईँदैन लगायतका नारा लगाएका थिए ।andolan p5.jpg
    प्रदेशको अस्थायी मुकाम रुपन्देही तोकिएपछि प्रदेश सभा तथा सरकार सञ्चालनका लागि रुपन्देहीका संघसंस्थाहरुले आफ्ना भवन दिएर सहयोग गरेको स्मरण गराउँदै विगतलाई नभुल्न समेत चेतावनी दिए ।

    कोण सभामा बोल्दै सञ्जालको संयुक्त संघर्ष समितिका संयोजक तथा बुटवल उद्योग बाणिज्य संघका अध्यक्ष खिमबहादुर हमालले प्रदेशको राजधानी अन्यत्रै लैजाने भए आफ्ना भवनहरु तुरुन्तै खाली गराउन मुख्यमन्त्री शंकर पोखरेललाई चेतावनी दिए ।

    प्रदेशको राजधानी बुटवल तोकिएपछि प्रदेश सभा तथा सरकारको स्थापनामा यस क्षेत्रका सामाजिक तथा व्यबसायिक संघसंस्थाले गरेको योगदानको स्मरण गर्दै उहाँले नीजि क्षेत्रको योगदानलाई नजरअन्दाज नगर्न पनि उनको आग्रह छ ।sanjal.jpg

    प्रदेशको राजधानी स्थापना गर्दा भूगोललाई मात्रै नहेरी बहुसंख्यक जनताको हितलाई पनि ख्याल गर्न आग्रह गर्दै संयुक्त संघर्ष समितिका सहसंयोजक तथा रुपन्देही व्यापार संघका अध्यक्ष यमलाल लोहोनीले राजधानी बाँके बर्दियाका लागि मात्रै भन्दा पनि पाल्पाको पल्लो टुप्पो र गुल्मीको छेउलाई पनि हेर्न आग्रह गरे ।

    पश्चिम नेपाल बस प्रालिका अध्यक्ष दधिराम खरेल, मणिमुकुन्द उद्यानका अध्यक्ष खेम लुईटेल लगायतले रुपन्देही राजधानी बहुसंख्यक जनताको हितमा रहेको र बुटवल राजधानी हुँदा यस क्षेत्रलाई मात्रै नभएर सबैलाई पायक पनि पर्ने भएकाले बुटवलको बिकल्प नभएको बताए ।butwal chauraha banda.jpg

    यता नेपाली कांग्रेसले आब्हान गरेको रुपन्देही बन्दको प्रभाब बिहानैदेखि परेको छ । मुख्य राजमार्ग सुनसान बनेका छन् भने भित्री सडकहरुमा फाट्ट फुट्ट साना सवारी मात्रै गुडेका छन् ।मुख्य राजमार्गमा सुरक्षाकर्मीको संख्या बाक्लो पारिएको छ ।

    आन्दोलनलाइ रोक्न प्रशासनले बुटवलका मुख्य मुख्य चोकहरुमा २१ गतेसम्मका लागि निषेधाज्ञा जारी गरेको छ । रुपन्देहीबाट राजधानी सार्ने  स‌सदमा लगिएको प्रस्ताव तत्काल फिर्ता गर्न कांग्रेसले माग गरेको छ । 

    यी समाचार पनि पढाैँ :-

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology