Logo मंगलवार, श्रावण १२ गते २०८३
images

प्रदेश ५ काे प्रदेशसभा बैठकमा कांग्रेस सांसदले गरे कुर्सी तोडफोड !

प्रदेश ५ काे प्रदेशसभा बैठकमा कांग्रेस सांसदले गरे कुर्सी तोडफोड !

  • 6.1K
    SHARES

  • प्रदेश ५ काे प्रदेशसभा बैठकमा कांग्रेस सांसदले गरे कुर्सी तोडफोड !

    बुटवल,असोज १९ - 

    प्रदेश ५ काे राजधानी दाङ लैजाने प्रस्तावकाे बिरुद्धमा आन्दाेलित कांग्रेसले संसद बैठक अबरुद्ध गर्दै कुर्सी तोडफोड गरेकाे छ । सभामुखले विरोधका बीच बैठक चलाएको भन्दै कांग्रेस सांसदले प्रदेशसभाभित्र टेबुल र कुर्ची तोडफोड गरेका छन् । सोमबार प्रदेशसभा बैठकमा नाम र राजधानी टुंगो लगाउने कार्यसूची छ ।

    प्रत्यक्ष निर्वाचित  कांग्रेस सांसद वसिउद्दिन खाले कुर्सी उचालेर टेबुलमा प्रहार गरेपछि रूपन्देहीका अष्टभुजा पाठक र नवलपरासीका सांसद वैजनाथ कलवारले कुर्सी उचालेर तोडफोड गरेका हुन्।

    तोडफोडकै बीच आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसीले प्रदेशसभा बैठकमा नाम र राजधानीसम्बन्धी प्रस्ताव पेश गरेका छन् । उनी रोस्टमतर्फ जाने क्रममा सांसदहरुले उक्त प्रस्ताव खोस्न खोजेका थिए । 

    सभामुख पूर्णबहादुर घर्तीमगरले तोडफोडकै बीच बैठक अघि बढाएका छन् ।  सरकारले दाङको भालुवाङलाई प्रदेशको स्थायी राजधानी बनाउने प्रस्ताव ल्याएको भन्दै कांग्रेसले विरोध गरेको छ ।

    ५ माघ २०७१ मा संविधानसभामा पनि माओवादीका सांसदले यसरी नै कुर्सी तोडफोड गरेका थिए ।

    यी समाचार पनि पढाैँ :-

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology