Logo मंगलवार, श्रावण १२ गते २०८३
images

लुम्बिनीको मुख्यमन्त्री बने चेतनारायण आचार्य

लुम्बिनीको मुख्यमन्त्री बने चेतनारायण आचार्य

  • 1.8K
    SHARES

  • लुम्बिनीको मुख्यमन्त्री बने चेतनारायण आचार्य

    बुटवल,साउन ७।

    लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका उपनेता चेतनारायण आचार्य नियुक्त भएका छन् । आचार्यलाई प्रदेश प्रमुख अमिक शेरचनले मुख्यमन्त्रीमा नियुक्ति गरेका हुन् । कांग्रेस र एमालेको समर्थनमा आचार्यलाई मुख्यमन्त्रीबनाउन सोमबार दाबि पेश गरिएको गरेका थिए । 

    यसअघि संसदीय दलका नेता लिला गिरीलाई मुख्यमन्त्री बनाउने तयारी भएपनि एमाले केन्द्रिय नेतृत्वको हस्तक्षेपपछि आचार्यलाई मुख्यमन्त्रीको रुपमा अगाडी सारिएको हो ।

    लुम्बिनीमा कांग्रेस र एमाले मिल्दा स्पष्ट बहुमतमा रहेका छन्। ८७ सदस्यीय लुम्बिनीमा एमालेका २९ र कांग्रेसका २७ सांसद गरी कुल ५६ सांसद रहेका छन् । प्रदेशमा बहुमतकालागि ४४ सांसद आवश्यक पर्दछ ।

    लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले सोमबार नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।niyukti.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology