बुटवल,असोज १८ -
नेपाली कांग्रेसले आब्हान गरेकाे रुपन्देही बन्दकाे प्रभाब बिहानैदेखि परेकाे छ । मुख्य राजमार्ग सुनसान बनेका छन् भने भित्री सडकहरुमा फाट्ट फुट्ट साना सवारी मात्रै गुडेका छन् ।
मुख्य राजमार्गमा सुरक्षाकर्मीकाे संख्या बाक्लाे पारिएकाे छ । आन्दाेलनलाइ राेक्न प्रशासनले बुटवलका मुख्य मुख्य चाेकहरुमा २१ गतेसम्मका लागि निषेधाज्ञा जारी गरेकाे छ ।
प्रदेश ५ को राजधानी दाङ लैजाने प्रदेश सरकारको निर्णयकाे विरोधमा कांग्रेस ३ दिनदेखि सडकमा उत्रिरहेकाे छ । हिजाे बेलुका बुटवलमा मा मसाल जुलुस निकालेको थियाे ।
रुपन्देहीबाट राजधानी सार्ने ससदमा लगिएकाे प्रस्ताव तत्काल फिर्ता गर्न कांग्रेसले माग गरेकाे छ । प्रदर्शनमा सहभागीले राजधानीको विषयमा नेकपाले अन्तर्घात गरेको भन्दै सरकार र नेकपाविरूद्ध नाराबाजी गरेका थिए।
अन्तर्घाती नेकपा मुर्दावादु, रुपन्देहीलाई नै राजधानी कायम गरु, बुहसंख्यक नागरिकको मनोभावना ख्याल गरु,राजधानी सार्ने औचित्य प्रस्ट पार लगायतका नारा उनीहरूले लगाएका थिए।
राजधानी सार्ने निर्णयकाे बिरुद्ध कांग्रेस रुपन्देहीले बुटवलमा मसाल जुलुस निकाल्याे
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)