बुटवल,भदौ १९ ।
नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत बुटवल उपमहानगरपालिका १२ को सभापतिमा धर्मराज शर्मा आचार्य बिजयी भएका छन् । उनले २०५ मत ल्याए । निकटतम प्रतिस्पर्धी तीर्थ काफ्लेले १५९ मत प्राप्त गरेका छन् ।
सो वडामा विवादका कारण हिजो अधिबेशन टुंगिन सकेको थिएन । शनिबार सभापतिका लागि मात्रै मतदान भएको हो ।
४०७ कूल मतदाता (क्रियाशील सदस्य) मध्ये ३६४ मत खसेको निर्वाचन अधिकृत टिकाराम पौडेलले नागरिक अनलाइलाइन जानकारी दिए । वडामा २०१ जना पुराना र २०६ जना गरी जम्मा क्रियाशील सदस्य संख्या ४०७ रहेको छ ।
सभापतिबाहेकका अन्य पदाधिकारी र क्षेत्रीय प्रतिनिधि १५ जना भने यसअघि नै निर्विरोध चयन भैसकेको छ ।
यी समाचार पनि पढाैँ :-
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)