Logo मंगलवार, श्रावण १२ गते २०८३
images

बुटवलका अधिकांश वडामा कांग्रेसको सर्वसहमत नेतृत्व,कहाँ कस्ले जित्यो ? (फोटोफिचरसहित)

बुटवलका अधिकांश वडामा कांग्रेसको सर्वसहमत नेतृत्व,कहाँ कस्ले जित्यो ? (फोटोफिचरसहित)

  • 4.3K
    SHARES

  • बुटवलका अधिकांश वडामा कांग्रेसको सर्वसहमत नेतृत्व,कहाँ कस्ले जित्यो ? (फोटोफिचरसहित)

    बुटवल,भदौ १८ । 

    सत्तारुढ दल नेपाली कांग्रेसको १४औं महाधिवेशनको प्रक्रिया शुक्रबारदेखि शुरु भएको छ । महाधिवेशनको कार्यतालिका अनुसार १८ भदौमा देशभरका सबै वडामा वडा अविधेशन हुनुपर्नेमा शुक्रबार ३७ जिल्लामा मात्रै अधिवेशन भएको छ ।

    बुटवल उपमहानगरपालिकको अधिकांश वडामा सर्वसम्मत नेतृत्व चयन भएको छ । नेपाली काँग्रेसको १४ औं महाधिवेशनको कार्यतालिका अनुसार आज (शुक्रबार) रुपन्देही जिल्लामा वडा अधिवेशन भएको छ ।

    congress oda sammmelan butwal   (1).jpg

    जस अन्तरगत क्षेत्र नं. २ अन्तरगत बुटवल उपमहानगरपालिकाका अधिकांश वडामा सर्बसम्मत नेतृत्व चयन भएको छ ।बुटवल वडा नं. १ मा ज्ञानु लिगललाई सभापतिमा चयन गरिएको छ । उक्त वडामा कार्यसमिति सहित क्षेत्रीय प्रतिनीधि पनि सर्वसम्मत रुपमा चयन गरिएको छ ।

    त्यस्तै वडा नं. २ मा कार्यसमिति र क्षेत्रीय प्रतिनीधि सर्वसम्मत चयन गरिएको छ भने वडा सभापतिमा सन्तोष श्रेष्ठ र धना लामाको उम्मेदवारी परेको छ ।बुटवलको वडा नं. ३ को सभापतिमा रामकृष्ण पछाई र कार्यसमिति सर्वसम्मत रुपमा चयन गरिएको छ भने क्षेत्रीय प्रतिनीधि सर्वसम्मत बनाउने प्रयास भईरहेको बताईएको छ ।

    त्यस्तै वडा नं. ४ मा अरुणकुमार श्रेष्ठलाई सभापतिमा सर्वसम्मत चयन गरिएको छ भने क्षेत्रीय प्रतिनीधि सर्वसम्मत बनाउने प्रयास भईरहेको छ ।बुटवल उपमहानगरपालिकाको वडा नं. ५ को सभापतिमा दिपकप्रसाद श्रेष्ठ सहित कार्यसमिति र क्षेत्रीय प्रतिनीधि सर्वसम्मत रुपमा चयन गरिएको छ ।

    त्यस्तै वडा नं. ६ को सभापतिमा ताराप्रसाद ज्ञवाली र कार्यसमिति सर्वसम्मत रुपमा चयन गरिएको छ भने क्षेत्रीय प्रतिनीधि पनि सर्वसम्मत बनाउने प्रयास भईरहेको छ ।

    6 butwal.jpg

    त्यस्तै वडा नं. ७ को सभापतिमा दिनानाथ गिरी सहित कार्यसमिति र क्षेत्रीय प्रतिनीधि सर्वसम्मत चयन गरिएको छ । वडा नं. ८ को सभापतिमा यज्ञप्रसाद पंगेनी सहित कार्यसमिति सर्वसम्मत चयन गरिएपनि क्षेत्रीय प्रतिनीधिमा कुरा मिल्न सकेको छैन ।

    congress oda sammmelan butwal   (24).jpg

    वडा नं. ९ मा सर्वसम्मतको प्रयास भईरहेपनि कुरा मिल्न सकेको छैन । वडा नं. १० को सभापतिमा क्याप्टेन कृष्ण थापालाई चयन गरिएको छ ।

    congress oda sammmelan butwal   (1).jpg

    उक्त वडामा पनि कार्यसमिति सहित क्षेत्रीय प्रतिनीधि पनि सर्वसम्मत चयन गरिएको छ ।जनसंख्याका हिसावले बुटवल उपमहानगरपालिकाको सबैभन्दा ठूलो वडा नं. ११ को सभापतिमा जीतबहादुर मल्ललाई सर्वसम्मत रुपमा चयन गरिएको छ ।

    वडा नं. ११ मा कार्य समिति सहित क्षेत्रीय प्रतिनीधि समेत सर्वसम्मत चयन गरिएको निवर्तमान सभापति चित्रबहादुर बर्माले बताउनुभयो ।वडा नं. १२ मा भने सहमति हुन सकेको छैन ।

    congress oda sammmelan butwal   (36).jpg

    सभापतिका दाबेदारका रुपमा धर्मराज शर्मा आचार्य र तिर्थ काफ्ले मैदानमा छन् । यद्यपी सहमतिको प्रयास जारी रहेको गोपाल पाण्डेले बताउनुभयो ।

    congress oda sammmelan butwal   (8).jpg

    वडा नं. १३ मा सर्वसम्मत रुपमा पुनः पुरुषोत्तम बस्याललाई चयन गरिएको छ । वडाको कार्यसमिति र क्षेत्रीय प्रतिनीधि समेत सर्वसम्मत चयन गरिएको उहाँले बताउनु भयो । वडा नं. १४ को सभापतिमा नरबहादुर मल्ललाई सर्वसम्मत रुपमा चयन गरिएको छ ।

    उक्त वडामा कार्यसमिति सहित क्षेत्रीय प्रतिनीधि समेत सर्वसम्मत रुपमा चयन गरिएको हो ।वडा नं. १५ मा सहमति हुन सकेको छैन । वडा नं. १६ को सभापतिमा कृष्णप्रसाद पौडेल सहित सबै पदमा निर्बिरोध चयन गरिएको छ ।

    congress oda sammmelan butwal   (26).jpg

    त्यस्तै वडा नं. १७ को सभापतिमा ओमबहादुर घिमिरे सहित कार्यसमिति र क्षेत्रीय प्रतिनीधि सर्वसम्मत रुपमा चयन गरिएको छ । वडा नं. १८ को सभापतिमा हुमराज ढकाललाई सर्वसम्मत चयन गरिएको छ । उक्त वडामा पनि क्षेत्रीय प्रतिनीधि तथा कार्यसमितिमा सर्वसम्मत चयन गरिएको हो ।

    butwal 17 om baburam.jpg

    वडा नं. १९ को सभापतिमा टिकाराम पाण्डेलाई सर्वसम्मत रुपमा चयन गरिएको छ । त्यो वडामा पनि क्षेत्रीय प्रतिनीधि तथा कार्यसमिति सर्वसम्मत रुपमा चयन गरिएको निर्वाचित सभापति पाण्डेले बताउनुभयो ।

    18.jpgकांग्रेसको केन्द्रीय निर्वाचन समितिका अनुसार ५६ जिल्लाको क्रियाशील सदस्यता सार्वजनिक गरिएकोमा बाँकीमा २३ गतेभित्र वडा अधिवेशन हुने गरी मिति तय गरिएको छ ।

    केन्द्रीय महाधिवेशन मंसिर ९ देखि १३ गतेसम्म काठमाडौंमा हुने गरी कांग्रेस केन्द्रीय कार्यसमितिको साउन ३० को बैठकले कार्यतालिका सार्वजनिक गरेको हो ।

    tara gyawali.jpg

     

    tara.jpg

    BUTWAL 13 purusotam.jpgoda 5.jpg

    यी समाचार पनि पढाैँ :-

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology