Logo मंगलवार, श्रावण १२ गते २०८३
images

महाधिबेशनको तयारीमा जुट्यो रुपन्देही कांग्रेस,१५५ वडा सभापतिलाइ प्रशिक्षण (फाेटाेफिचर)

महाधिबेशनको तयारीमा जुट्यो रुपन्देही कांग्रेस,१५५ वडा सभापतिलाइ प्रशिक्षण (फाेटाेफिचर)

  • 5.0K
    SHARES

  • महाधिबेशनको तयारीमा जुट्यो रुपन्देही कांग्रेस,१५५ वडा सभापतिलाइ प्रशिक्षण (फाेटाेफिचर)

    बुटवल,भदौ १६ । 

    नेपाली कांग्रेस रुपन्देही १४ औं महाधिबेसनको अन्तिम तयारीमा लागेको छ।पार्टीको १४ औं महाधिबेशन भदौ १८ गते वडा अधिबेशनसंगै सुरु हुँदैछ । 

    अधिबेशनको तयारी, निर्वाचन निर्देशिका तथा कार्यबिधीबारे कांग्रेस रुपन्देहीले बुधबार पार्टी कार्यालय भैरहवामा जिल्लाका १५५ वडा सभापति, पालिका, क्षेत्रीय सभापतिहरुलाइ प्रशिक्षण दिएको छ ।congress rupandehi  (1).jpg

    जिल्लामा महाधिवेशनकालागी  केन्द्रबाट खटिएका निर्वाचन अधिकृत भेषराज घिमिरेले निर्वाचन समिती अधिवेशनको लागी तयारिमा लागेको र बिहिबारसम्ममा सबै वडाहरुमा निर्वाचन अधिकृत खटाइएने नागरिक अनलाइनलाइ बताए ।

    निर्वाचन समितिले स्थानीय स्तरमा सहकार्य गरि अधिबेशन गरिने र १८  गते सम्पन्न हुन नसकेका स्थानमा सहमतिमा अर्कोदिन पनि निर्वाचन हुन सक्ने बताए ।

    कांग्रेस रुपन्देहीका सभापति अब्दुल रज्जाकले जिल्लामा सर्बसम्मत नेतृत्व चयनकोलागिअधिकतम प्रर्यत्न गर्ने बताए । उनले  वडा तहमा खटिने निर्वाचनकर्मिहरुलाइ सहयोग गर्न आग्रह गरे । उनने वडा तह बलियो भएमा पार्टी बलियो हुने हुँदा बिबाद रहित तबरले अधिबेशन हुनुपर्नेमा जोड  दिए ।

    पुर्व जिल्ला सभापति रामचन्द्र ढकालले अधिवेशन एउटा पर्व रहेको भन्दै सबैलाइ सक्रियरुपमा सहभागी हुन आग्रह गरे । नेपाली कांग्रेस रुपन्देहीका सचिब रामकृष्ण खाँणले सबै  तहका अधिबेशन समयमै सम्पन्न हुने भन्दै लोकतन्त्र बलियो बनाउन काङ्ग्रेस बलियो हुनुपर्ने बताए ।congress rupandehi  (1).jpgcongress rupandehi  (3).jpgCONGRESS.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology