शुद्धोधन,भदौ १९ ।
नेपाली काङ्ग्रेस शुद्धोधन गाउँपालिका ३ को सभापतिमा राम प्रसाद पाण्डे निर्विरोध निर्वाचित भएका छन्। शुक्रबार शंकर माबि बेतहिमा सम्पन्न बार्ड अधिवेशनले पाण्डेको नेतृत्वमा निर्वीरोध रुपमा वडा कार्यसमिति चयन भएको हो।
वडा अधिबेशनले मधेसी पुरुष १ , थारु महिला र पुरुष १-१, जनजाती पुरुष १ , खस आर्य महिलार पुरुष १-१ तथा खुल्ला महिला ३ जनामा क्रमश मञ्जीत यादब , बेचु प्रसाद थारु, कमला चौधरी थारु, टीका बहादुर राना , भबेश्वर खनाल , निर्मला भुषाल , रिता अर्याल, गोमा खनाल , सञ्जु चापागाईलाई सर्वसम्मत निर्वाचित गरेको छ।
त्यस्तै खुल्ला पुरुष क्षेत्रीय प्रतिनिधि ६ जना जनामा ११ जना कृयाशिल सदस्यको उम्मेदवारी परेकोमा क्रमश १२१, १०८, ९८, ९६,९२ र ९० मत सहित रमेश खनाल , टंक अधिकारी , रामजी पौड्याल , प्रजापति अधिकारी , भुपराज गैर्हे, महेन्द्र गौतम निर्वाचीत भएका छन् भने नेपाली रुपन्देही जिल्ला निर्वाचन क्षेत्र नं ३ का भावि सभापतिको दाबेदार रहेका सहसभापति प्रेम बहादुर फौदार ४२ मत मात्रप्राप्त गरि वडामै पराजित भएका छन् ।
१३८ क्रियाशिल सदस्य रहेको उक्त वार्डमा जम्मा १२९ मत खसेको जानकारी मतदान अधिकृत नगेन्द्र ददुवाले नागरिक अनलाइनलाइ जानकारी दिए।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)