Logo मंगलवार, श्रावण १२ गते २०८३
images

काँग्रेसको १४औँ महाधिवेशन : तिलोत्तमाको १ मा ठकुरी, २ मा खत्री ३ मा केसरी र ४ मा सुवेदी चयन

काँग्रेसको १४औँ महाधिवेशन : तिलोत्तमाको १ मा ठकुरी, २ मा खत्री ३ मा केसरी र ४ मा सुवेदी चयन

  • 2.8K
    SHARES

  • काँग्रेसको १४औँ महाधिवेशन : तिलोत्तमाको १ मा ठकुरी, २ मा खत्री ३ मा केसरी र ४ मा सुवेदी चयन

    बुटवल,भदौ १९ ।

    नेपाली काँग्रेसको १४औँ महाधिवेशन अन्तर्गत तिलोत्तमा नगरपालिका वडा नम्बर १ को सभापतिमा जोवान सिंह ठकुरी, २ मा पुर्णबहादुर खत्री, ३ मा केसरी पाण्डे र ४ मा किशोर सुबेदी सर्वसम्मत वडा सभापतिमा निर्वाचित भएका छन् ।
    वडा नम्वर ३ मा सभापति सहित वडा समितिका सबै पदाधिकारी, सदस्य तथा क्षेत्रीय प्रतिनिधीहरु सर्वसम्मत चयन भएका छन् । वडा उपसभापतिमा पदमबहादुर पौडेल र खुमनारायण अधिकारी, सचिवमा नेत्रबहादुर अधिकारी र दिनेशमणि सुवेदी तथा सह सचिवमा मानबहादुर थापा र बिना मल्ल निर्वाचित भए  ।

    यस्तै सदस्यमा जनार्दन पोखरेल, गंगा खड्का, अविष्कार भण्डारी, राजेन्द्र प्रसाद घिमिरे, सन्दिप बिष्ट, किशोर गौतम, लिलावती घिमिरे, प्रतिक्षा खनाल, कृष्ण क्षेत्री, शिवबहादुर थापा, सानु बयम्बु मगर, गीता ज्ञवाली, राजुप्रसाद उपाध्याय, शारदा तिवारी, पिताम्बर खनाल, ईश्वरी प्रसाद शर्मा, बिकाश ज्ञवाली, दानमाया सेन्चुरी, सुनिल जयसवाल र बसन्ता के सी निर्वाचित भए  ।

    यस्तै वडा तहको अधिबेशनवाट खुला क्षत्रीय प्रतिनिधीमा मनोरमा शेरचन पदेन, कर्ण बहादुर टण्डन, चिरन्जिवी शर्मा पौडेल, हरिप्रसाद तिवारी, ढालबहादुर कार्की, कल्याण प्रसाद पौडेल, घनश्याम तिवारी, सनत गौतम, खिमानन्द भट्टराई, सुदिप शर्मा र गोविन्द प्रसाद शर्मा निर्वाचित छानिएका छन् ।

    यसैगरी खुलातर्फको महिला क्षेत्रीय प्रतिनिधीमा चुडाकुमारी विष्ट, विष्णुमाया भट्टराई, अन्जना केसी, हिरा पौडेल र कविता अर्याल निर्वाचित भए ।

    यस्तै समाबेसी तर्फको क्षेत्रीय प्रतिनिधीमा रामबहादुर थापा क्षेत्री, झंकनाथ गैरे, कालिका अधिकारी, तुलसा शर्मा, राधा चौधरी, नन्दलाल चौधरी, राहुल शाह, आशिष सेन्चुरी, अप्सरा श्रेष्ठ, विष्णु बहादुर थापा र अनन्तराम न्यौपाने निर्वाचित हुनुभएको निर्वाचन अधिकृत प्रेम पोखरेलले जानकारी दिए  ।

    सो अवसरमा आयोजित कार्यक्रममा महासमिति सदस्य चित्र केसी, महाधिबेशन प्रतिनिधी चिरन्जिवी शर्मा पौडेल, जिल्ला सदस्य हरिप्रसाद तिवारी, क्षेत्रीय सदस्य केसरी पाण्डे, नगर सचिव रामबहादुर थापा क्षेत्री, कविता अर्याल, खिमानन्द भट्राई लगायतले नवनिर्वाचित वडा समितिका पदाधिकारी, सदस्य तथा क्षेत्रीय प्रतिनिधीहरुलाई बधाई ज्ञापन गर्दै सहमति र सहकार्यका माध्यमबाट सर्वसम्मत नेतृत्व चयन गरेर वडामा नेपाली कांग्रेस एक ढिक्का छ भन्ने सन्देश दिन सफल भएको बताए ।

    काँग्रेसले केन्द्रीय महाधिवेशन आगामी मङ्सिर ९ देखि १३ गतेसम्म गर्ने तय गरेको छ ।

    यी समाचार पनि पढाैँ :-

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology