Logo मंगलवार, श्रावण १२ गते २०८३
images

कांग्रेस बुटवल - १२ मा मतदान सम्पन्न,३६४ मत खस्यो,मतगणना शुरू हुँदै

कांग्रेस बुटवल - १२ मा मतदान सम्पन्न,३६४ मत खस्यो,मतगणना शुरू हुँदै

  • 2.4K
    SHARES

  • कांग्रेस बुटवल - १२ मा मतदान सम्पन्न,३६४ मत खस्यो,मतगणना शुरू हुँदै

    बुटवल,भदौ १९ ।

    नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत  बुटवल उपमहानगरपालिका- १२ मा मतदान सम्पन्न भएको छ ।  सो वडामा विवादका कारण हिजो अधिबेशन टुंगिन सकेको थिएन । शनिबार सभापतिका लागि मात्रै मतदान भएको हो ।

    ४०७ कूल मतदाता (क्रियाशील सदस्य) मध्ये ३६४ मत खसेको र ४ बजेबाट मतदानको समय सकिएको निर्वाचन अधिकृत टिकाराम पौडेलले नागरिक अनलाइलाइन जानकारी दिए  । वडामा २०१ जना पुराना र २०६ जना गरी जम्मा क्रियाशील सदस्य संख्या ४०७ रहेको छ ।

    वडा सभापतिका लागि धर्मराज शर्मा र तिर्थ काफ्ले चुनावी मैदानमा छन् ।  सभापतिबाहेकका अन्य पदाधिकारी र क्षेत्रीय प्रतिनिधि  १५ जना भने निर्विरोध चयन भैसकेको छ ।

    मतदान सकिएकाले अब केहिबेरमा मुचुल्का उठाएर मतगणनाको काम शुरू गरिने निर्वाचन अधिकृत पौडेलले बताए  ।

    congress oda sammmelan butwal   (26).jpg

    यी समाचार पनि पढाैँ :-

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology