बुटवल,जेठ १६-
सरकारले सेयर कारोबारमा लाग्ने पुँजीगत लाभकर वृद्धि गरेको छ । शनिबार आगामी आर्थिक वर्ष २०७८-७९ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले एक वर्ष भन्दा कम समयमा किनबेच हुने सेयरमा पुँजीगत लाभकर वृद्धि गरिएको जानकारी दिए ।
अहिले सबै लगानीकर्ताहरुलाई सेयर बिक्री पछि नाफाको ५ प्रतिशत पुँजीगत लाभकर तिर्नु पर्ने व्यवस्था रहेको छ ।
दीर्घकालिन लगानीकर्ताहरुका लागि विद्यमान व्यवस्था यथावत राखिएको छ भने अल्पकालिन लगानीकर्ताहरुका लागि साढे दुई प्रतिशत बढाएर ७ दशमलव ५ प्रतिशत बनाइएको छ ।
सम्बन्धित समाचारहरु :
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)