Logo मंगलवार, श्रावण १२ गते २०८३
images

पत्रकारलाई देशभरका सरकारी स्वास्थ्य संस्थामा नि:शुल्क उपचार

पत्रकारलाई देशभरका सरकारी स्वास्थ्य संस्थामा नि:शुल्क उपचार

  • 4.7K
    SHARES

  • पत्रकारलाई देशभरका सरकारी स्वास्थ्य संस्थामा नि:शुल्क उपचार

    बुटवल,जेठ १५-  

    नेपाल सरकारले पत्रकारलाई निशुल्क उपचार सेवा दिने भएको छ ।

    नेपाल पत्रकार महासंघको सदस्य भएका पत्रकारलाई प्रेस काउन्सिलले उपलब्ध गराउने उपचार सुविधा कार्डको आधारमा देशभरका सरकारी स्वास्थ्य संस्थामा निशुल्क उपचारको व्यवस्था गर्ने घोषणा गरिएको हो ।


    अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्ष २०७८-७९ को बजेट सार्वजनिक गर्दै पत्रकारलाई आगामी साउनदेखि निशुल्क उपचारको व्यवस्था गरिएको जानकारी दिए ।

    सरकारले पत्रकारलाई ७ लाख रुपैयाँको दूर्घटना बिमाको व्यवस्था गरी बिमांक रकमको ५० प्रतिशत रकम सरकारले बेहोर्ने पनि अर्थमन्त्री पौडेलले बताए ।

    कोरोना महामारीबाट प्रभावित रोजगारी गुमाएका पत्रकारलाई लेखनवृत्ति र सञ्चारगृहलाई पुनकर्जा तथा व्यावसायिक निरन्तरता कर्जा दिइनेछ ।

    सम्बन्धित समाचारहरु :

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology