Logo मंगलवार, श्रावण १२ गते २०८३
images

कोरोना विरुद्धको खोप खरिदका लागि २६ अर्ब ७५ करोड रुपैयाँ बिनियोजन

कोरोना विरुद्धको खोप खरिदका लागि २६ अर्ब ७५ करोड रुपैयाँ बिनियोजन

  • 2.1K
    SHARES

  • कोरोना विरुद्धको खोप खरिदका लागि २६ अर्ब ७५ करोड रुपैयाँ बिनियोजन

    बुटवल,जेठ १५- 

    सरकारले सबै नागरिकलाई कोरोना विरुद्धको खोपको लागि २६ अर्ब ७५ करोड रुपैयाँ बिनियोजन गरेको छ ।

    अर्थमन्त्री बिष्णु पौडेलले आगामी आर्थिक वर्ष २०७८-७९ को बजेट सार्वजनिक गर्दै खोपको लागि २६ अर्ब ७५ करोड बिनियोजन गरेको जानकारी दिए ।

    त्यस्तै कोभिड–१९ को उपचार र रोकथामका लागि ३७ अर्ब ५३ करोड बजेट विनियोजन गरेको छ ।

    स्वयं सेविकाको यातायात खर्चमा शत प्रतिशत वृद्धि :

    सरकारले महिला स्वास्थ्य स्वयं सेविकाको यातायात खर्चमा शत प्रतिशत वृद्धि गरेको छ । अर्थमन्त्री विष्णु पौडेलले ५२ हजार महिला स्वास्थ्य स्वयंसेविकाको यातायात खर्च शत प्रशित वृद्धि गरी १२ हजार रुपैयाँ पुर्‍याएको जानकारी दिए ।

     निषेधाज्ञाको अवधिमा विद्युत महसुल छुटको घोषणा गरेको छ । अर्थमन्त्री विष्णु पौडेलले मासिक २० युनिटसम्म विद्युत खपत गर्नेलाई शत प्रतिशत छुटको घोषणा गरे।

    स्थानीय तहमा आधारभूत अस्पतालका लागि ६ अर्ब १५ करोड बजेट विनियोजन भएको छ ।

    सम्बन्धित समाचारहरु :

     

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology