Logo मंगलवार, श्रावण १२ गते २०८३
images

रुपन्देहीबासीलाइ प्रदेश सरकारकाे ललिपप : बुटवल–भैरहवा करिडोरलाई वित्तीय राजधानी बनाइने !

रुपन्देहीबासीलाइ प्रदेश सरकारकाे ललिपप : बुटवल–भैरहवा करिडोरलाई वित्तीय राजधानी बनाइने !

  • 4.3K
    SHARES

  • रुपन्देहीबासीलाइ प्रदेश सरकारकाे ललिपप :  बुटवल–भैरहवा करिडोरलाई वित्तीय राजधानी बनाइने !

    बुटवल,असोज २० -  

    प्रदेश ५ सरकारले रूपन्देहीको बुटवल–भैरहवा करिडोरलाई वित्तीय राजधानी बनाउने निर्णय गरेको छ । आज बिहान बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय लिएको हो ।

    सामाजिक विकासमन्त्री सुदर्शन बरालका अनुसार बैठकले रुपन्देही, कपिलवस्तु र नवलपरासी जिल्लालाई सांस्कृतिक र पर्यटकीय राजधानी बनाउने निर्णय पनि गरेको छ । बुद्धजन्मस्थल लुम्बिनी र बुद्धसँग सम्बन्धित क्षेत्र उजागर गर्ने भन्दै यी तीन जिल्ला सांस्कृतिक र पर्यटकीय राजधानीका रुपमा समेटिन लागेका हुन् ।

    यस्तै कपिलवस्तुको शिवराज नगरपालिकामा सरुवा रोग नियन्त्रणसम्बन्धी अस्पताल बनाउने मन्त्रिपरिषद्को निर्णय छ । यसका लागि वन क्षेत्रको ९ बिघा जग्गा उपलब्ध गराउने निर्णय भएको छ ।

    रूपन्देहीमा रहेको प्रदेशको अस्थायी राजधानी स्थायी रूपमा दाङको देउखुरी लैजाने प्रस्तावले चिढिएका सत्तापक्षका प्रदेशसभा सदस्यलाई सान्त्वना दिन मन्त्रिपरिषद्ले उक्त निर्णय गरेको हो । यसअघि सोमबार बसेको नेकपा संसदीय दलको बैठकमा भौतिक पूर्वाधार मन्त्री बैजनाथ चौधरीले उक्त प्रस्ताव पेस गरेका थिए । 

    यी समाचारहरु पनि पढाैँ :-

     

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology