Logo मंगलवार, श्रावण १२ गते २०८३
images

ओलीको निरंकुशताविरुद्ध सडक र अदालतबाट प्रतिवाद हुन्छ : प्रचण्ड

ओलीको निरंकुशताविरुद्ध सडक र अदालतबाट प्रतिवाद हुन्छ : प्रचण्ड

  • 2.2K
    SHARES

  • ओलीको निरंकुशताविरुद्ध सडक र अदालतबाट प्रतिवाद हुन्छ : प्रचण्ड

    माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीले हिजो राती गरेको संसद विघटनको असंवैधानिक कदमविरुद्ध सडक र अदालतबाट प्रतिवाद गर्ने जनाएका छन् ।

    संसद विघटनपछि पछिल्लो रणनीति बनाउन बसेको विपक्षी दलको बैठकपछि सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै अध्यक्ष प्रचण्डले संसदभित्रै अर्को विकल्प भएको अवस्थामा प्रधानमन्त्रीले निरंकुश शैलीमा संसद विघटन गरेकाले त्यसको वडास्तरबाटै प्रतिवाद गरिने बताएका हुन् । 

    ‘यसलाई सडक र अदालतबाट प्रतिवाद गरिनेछ । निरंकुशता विरुद्ध फैसला गरिनेछ । लाखौं जनता यसको विरुद्ध छन् । प्रधानमन्त्री र राष्टपतिले षडयन्त्रमुलक ढंगबाट प्रतिगमनतिर लगेका छन्’ अध्यक्ष प्रचण्डको भनाई छ ।   उनले प्रधानमन्त्री ओलीले निर्वाचन गर्नका लागि निर्वाचन घोषणा नगरेकाले त्यसको कुनै अर्थ नभएको बताए । 

    माओवादीका नेता वर्षमान पुनले संसद विघटन गर्ने प्रधानमन्त्री र राष्ट्रपतिको कदम असंवैधानिक भएको निश्कर्ष निकाल्दै बैठकले राजनीतिक र कानुनी रुपमा प्रतिवाद गर्ने तयारी भएको बताए ।

    यी समाचार पनि हेराैँ-

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology