Logo मंगलवार, श्रावण १२ गते २०८३
images

राष्ट्रपति र प्रधानमन्त्रीले जनता सुतेको बेला मध्यराति प्रतिनिधि सभाको हत्या गरे,संविधानको रक्षाका लागि सबै एकजुट बनाैँ: देउवा

राष्ट्रपति र प्रधानमन्त्रीले जनता सुतेको बेला मध्यराति प्रतिनिधि सभाको हत्या गरे,संविधानको रक्षाका लागि सबै एकजुट बनाैँ: देउवा

  • 3.2K
    SHARES

  • राष्ट्रपति र प्रधानमन्त्रीले जनता सुतेको बेला मध्यराति प्रतिनिधि सभाको हत्या गरे,संविधानको रक्षाका लागि सबै एकजुट बनाैँ: देउवा

    बुटवल , जेठ ८-

    नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी ओलीले नेपाली जनताको आस्थाको केन्द्र संविधान जस्तो सार्वजनिक दस्तावेजलाई निजी सम्पत्तिका रुपमा आफू अनुकूल प्रयोग गरिरहेको गम्भीर आरोप लगाएका छन् ।

    शनिबार देउवाले एक विज्ञप्ति जारी गर्दै नेपाली जनता सुतेको बेला मध्यराति प्रतिनिधि सभाको हत्या गर्ने काम भएको भन्दै राष्ट्रपति र प्रधानमन्त्रीको चर्को आलोचना गरेका छन् । 

    ‘यो सरकार गठनपछि निरन्तर रुपले गैर संवैधानिक र अलोकतान्त्रिक गतिविधि गर्दै लोकतान्त्रिक मूल्य, मान्यताको अवमूल्यन, विधि र पद्धतिको वेवास्ता र संसदीय पद्धतिको खिल्ली उडाउने काम भएको छ’, देउवाले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘राष्ट्रपति र प्रधानमन्त्रीले नेपाली जनताको आस्थाको केन्द्र संविधान जस्तो सार्वजनिक दस्तावेजलाई निजी सम्पत्तिका रुपमा आफू अनुकूल प्रयोग गरिरहेका छन् ।’ 

    प्रधानमन्त्रीले आफूले विश्वासको मत लिन नसक्ने भनी सिफारिश गरे पश्चात  राष्ट्रपतिले छोटो समय दिई अर्को सरकार गठनको प्रक्रिया प्रारम्भ गरेपनि त्यसमा जालझेल भएको देउवाले बताएका छन् ।

    देउवाले कांग्रेसले यी सबै कार्यको घोर भर्त्सना र निन्दा गर्ने भन्दै संघीय लोकतान्त्रिक गणतन्त्र र नेपालको संविधानको रक्षाका लागि सबै लोकतन्त्रवादी शक्तिलाई एकजुट भई कार्य गर्न आह्वान गरेका छन् । 

    यस्तै संघीय लोकतान्त्रिक गणतन्त्र र संविधानको रक्षार्थ राष्ट्रपति र प्रधानमन्त्रीका असंवैधानिक, अलोकतान्त्रिक कार्यका विरुद्ध राजनैतिक र न्यायिक लडाई लड्ने दृढ प्रतिवद्धता पनि उनले गरेका छन् ।

    nc 1.jpgnc 2.jpg

     

    यी समाचार पनि हेराैँ-

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology