Logo मंगलवार, श्रावण १२ गते २०८३
images

‘एउटा अविवेकी व्यक्ति कुन हदसम्म जान सक्छ भन्ने कुरा मध्यरातका कुकृत्यले उदांगो पारेको छ’ -प्रकाशमान सिंह

‘एउटा अविवेकी व्यक्ति कुन हदसम्म जान सक्छ भन्ने कुरा मध्यरातका कुकृत्यले उदांगो पारेको छ’ -प्रकाशमान सिंह

  • 2.5K
    SHARES

  • ‘एउटा अविवेकी व्यक्ति कुन हदसम्म जान सक्छ भन्ने कुरा मध्यरातका कुकृत्यले उदांगो पारेको छ’ -प्रकाशमान सिंह

    बुटवल,जेठ ८- 

    नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले अक्सिजन खोजिरहेका, अस्पतालमा शय्या अभावमा छट्पटाइरहेकाहरूको जीवन रक्षालाई बेवास्ता गर्दै प्रधानमन्त्री केपी ओली र राष्ट्रपति विद्यादेवी भण्डारीले मध्यरातमा संविधान र लोकतन्त्रमाथि गरेको प्रहारलाई नेपाली जनताले क्षमा नगर्ने बताएका छन्।

    ‘जनताले ५ वर्षका लागि निर्वाचित गरेको संसद भंग गरेर यो महामारीको बेलामा जनताको जीवन बचाउन होइन मत माग्न जाउँ भन्नु कुन मानवीयताले दिनसक्छ’ सिंहले भनेका छन्, यो निकृष्ट कर्म हो।

    प्रधानमन्त्री र राष्ट्रपतिको योजनाबद्ध षडयन्त्रबाट संसद माथि प्रहार गरेर संविधान, लोकतन्त्र र परिवर्तनका एजेन्डाहरूलाई समाप्त गर्न खोजिएको घटनाको जति भत्सर्ना गरेपनि कम नै हुन्छ।’

    उनले देशले कसैको सनक र अंहकारको मूल्य चुकाउन नसक्ने बताउँदै अगाडि भनेका छन्, ‘मध्यरातमा चालिएको असंवैधानिक कदम (संसद विघटन) को म घोर भर्सना गर्दछु। बाचौँ र बचाऔँ।’

    नेपाली जनता कोरोना महामारीमा रहेका बेला देशको प्राथमिकतामा ती जनताको जीवनरक्षा गर्ने हुनुपर्ने बताउँदै नेता सिंहले भनेका छन्, ‘तर, एउटा अविवेकी व्यक्ति कुन हदसम्म जान सक्छ भन्ने कुरा मध्यरातका कुकृत्यले उदांगो पारेको छ।’

    यी समाचार पनि हेराैँ-

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology