Logo मंगलवार, श्रावण १२ गते २०८३
images

प्रचण्ड-नेपाल-उपेन्द्र पुगे देउवा निवास बुढानिलकण्ठ,नयाँ सरकार गठनबारे छलफल

प्रचण्ड-नेपाल-उपेन्द्र पुगे देउवा निवास बुढानिलकण्ठ,नयाँ सरकार गठनबारे छलफल

  • 5.5K
    SHARES

  • प्रचण्ड-नेपाल-उपेन्द्र पुगे देउवा निवास बुढानिलकण्ठ,नयाँ सरकार गठनबारे छलफल

    बुटवल,जेठ ७- 

    कांग्रेस पदाधिकारी बैठकको निर्णय लगत्तै दलका नेताहरु कांग्रेस सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठ पुगेका छन् ।  माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल बुढानिलकण्ठ पुगेसँगै एमालेका बरिष्ठ नेता माधव कुमार नेपाल नयाँ सरकार गठनका विकल्पबारे सबै पक्षसँग छलफल गर्न बुढानिलकण्ठ  पुगेका हुन् । 

    संविधानको धारा ७६ (५) अनुसार सरकार बनाउनका लागि बहुमत सिद्ध गर्न राष्ट्रपतिले दिएको समय आजै सकिदैछ । यस्तो सरकारको गठन र नेतृत्वका सम्भावनाबारे बैठकमा छलफल हुने एक कांग्रेस नेताले बताए ।

    उनका अनुसार जसपा नेता उपेन्द्र यादव पनि देउवासँग छलफलका लागि बुढानिलकण्ठ पुगेका छन् ।

    विश्वासका मत नलिने भए प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने कांग्रेसको निष्कर्ष :

    प्रमुख विपक्षी नेपाली कांग्रेसले प्रधानमन्त्री र राष्ट्रपतिले संविधानको मर्म र भावनालाई बारम्बर कुल्चिएको निष्कर्ष निकालेको छ । र, सबै दलसँग छलफल गरेर यो प्रवत्तिलाई रोक्न सबै विकल्पमा जाने निर्णय गरेको छ ।

    कांग्रेस पदाधिकारी र पूर्व पदाधिकारीहरुको शुक्रबार बसेको बैठकले संसदमा विश्वासका मत नलिने भए प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने निष्कर्ष निकालेको छ । प्रधानमन्त्रीले राजीनामा नदिई संविधानको धारा ७६(५) अनुसार नयाँ सरकार गठनका लागि आह्वान गर्नु पनि संविधानको मर्म र भावना विपरीत भएको कांग्रेसको ठहर छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology