बुटवल,जेठ ७-
राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ को उपधारा ५ अनुसारको प्रधानमन्त्रीमा कसलाई मान्यता दिने भन्ने निर्णय कानुनी परामर्शपछि मात्रै निर्क्योल गर्ने बताएकी छिन् ।
प्रधानमन्त्रीमा केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाको दाबी परेपछि कानुनी परामर्श गर्ने निर्णयमा आफू पुगेको उनले विपक्षी दललाई जानकारी गराएकी छिन् ।
‘प्रधानमन्त्रीमा दुईवटा दाबी परेका छन् । प्रतिपक्षी दलका नेता र प्रधानमन्त्री केपी ओली दुवैको दाबी रहेकाले कानुनी परामर्श जरुरी देखेकी छु,’ राष्ट्रपतिको भनाइ उद्धृत गर्दै जसपाका नेता महिन्द्रराय यादवले भने ।
विपक्षी दलहरूले १४९ सांसदको हस्ताक्षरसहित कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीका रूपमा अघि सार्ने निर्णय गरेपछि प्रधानमन्त्री ओली उनीहरू पुग्नुभन्दा अगाडि नै शीतलनिवास पुगेका थिए ।
एमालेका १२१ र जसपाका ३२ सांसद गरी आफूसँग १५३ सांसदको साथ रहेको भन्दै उनले प्रधानमन्त्रीमा दाबी गरेका हुन् ।
यी समाचार पनि पढाैँ:-
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)