Logo मंगलवार, श्रावण १२ गते २०८३
images

सरकार गठनका लागि गरिएका दुबै दाबी राष्ट्रपतिद्वारा खारेज

सरकार गठनका लागि गरिएका दुबै दाबी राष्ट्रपतिद्वारा खारेज

  • 4.1K
    SHARES

  • सरकार गठनका लागि गरिएका दुबै दाबी राष्ट्रपतिद्वारा खारेज

    बुटवल,जेठ ८-

    राष्ट्रपति विद्यादेवी भण्डारीले सरकार गठनका लागि गरिएका दुवै दाबी पूर्ण नभएको भन्दै खारेज गरेकी छन् । संविधानको धारा ७६ को उपधारा ५ बमोजिम प्रतिनिधिसभामा विश्वासको मत प्राप्त गर्न सक्ने ठोस आधार नदेखिएकोले उक्त उपधारा ५ बमोजिमका दाबीकर्ताको दाबी नपुग्ने देखिएको भन्दै राष्ट्रपति भण्डारीले दुबै दाबीकर्ताको दाबी खारेज गरेकी हुन् ।

    शुक्रबार राति राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा भनिएको छः ‘संविधानको धारा ७६ को उपधारा ५ बमोजिम प्रतिनिधिसभामा विश्वासको मत प्राप्त गर्न सक्ने ठोस आधार नदेखिएकोले उक्त उपधारा ५ बमोजिमका दाबीकर्ता दुबै माननीय सदस्यहरुको दाबी नपुग्ने देखिएकाले प्रधानमन्त्री पदमा नियुक्ति गर्न मिल्ने देखिएन ।’

    संविधानको धारा ७६ को उपधारा ५ अनुसार सरकार गठन गर्न राष्ट्रपतिले आव्हान गरेपछि  शुक्रबार विपक्षी गठबन्धन र सत्तारुढ केपी शर्मा ओली पक्षले नयाँ सरकारका लागि छुट्टाछुट्टै हस्ताक्षर शीतल निवासमा बुझाएका थिए ।

    विपक्षी गठबन्धनका तर्फबाट शेरबहादुर देउवालाई प्रधानमन्त्रीका रुपमा अघि सार्दै नेताहरु शीतलनिवास पुगेका थिए । तर, विपक्षी गठबन्धनका नेता शीतलनिवास पुग्नु अघि नै प्रधानमन्त्री ओली शीतलनिवास पुगेर बहुमत सांसदको हस्ताक्षर बुझाएका थिए ।

    ओलीले  १५३ सांसदको को समर्थन रहेको भन्दै सरकारको नेतृत्वका लागि दाबी पेश गरेका थिए ।  विपक्षी गठबन्धनले भने १४९ सांसदको हस्ताक्षर नै पेश गरेका थिए ।

    KHAEREJ.jpgKHAEREJ 2 .jpg

    KHAEREJ 3.jpgयी समाचार पनि हेराैँ-

     

     

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology