Logo मंगलवार, श्रावण १२ गते २०८३
images

स्याङ्जाका पाँच क्याम्पसमा नेविसङ्घ र दुइवटामा अनेरास्ववियु बिजयी

स्याङ्जाका पाँच क्याम्पसमा नेविसङ्घ र दुइवटामा अनेरास्ववियु बिजयी

  • 1.6K
    SHARES

  • स्याङ्जाका पाँच क्याम्पसमा नेविसङ्घ र दुइवटामा अनेरास्ववियु बिजयी

    स्याङ्जा, चैत ६ । 

    स्याङ्जाका पाँच क्याम्पसमा नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी सङ्घ विजयी भएको छ भने दुई वटा क्याम्पसमा नेकपा एमाले निकट अनेरास्ववियुले जित हात पारेको छ । 

    जिल्लाको वालिङ बहुमुखी क्याम्पस,गल्याङ बहुमुखी क्याम्पस,त्रिभुवन आदर्श बहुमुखी क्याम्पस, मालुङ्गा बहुमुखी क्याम्पस र राधा दामोदर संस्कृत विद्यापीठमा नेविसङ्घले जित हात पारेको छ भने फेदीखोलाको सिद्धार्थ बहुमुखी क्याम्पस र काली गण्डकीको मिर्मी बहुमुखी क्याम्पसमा अनेरास्ववियुले जित हात पारेको छ । 

    सामुदायिक १९ र संस्थागत तीन गरी स्याङ्जामा २२ बहुमुखी क्याम्पस छन् । निजी रूपमा सञ्चालित क्याम्पसहरूमा भने स्ववियु निर्वाचन भएका छैनन् । १९ सामुदायिक क्याम्पसमध्ये पनि ८ ओटा क्याम्पसमा विद्यार्थीहरूले नेतृत्व चुन्ने अवसर पाउने गरेका छन् अन्य क्याम्पसमा अहिलेसम्म स्ववियु निर्वाचन भएको छैन ।

     

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology