Logo मंगलवार, श्रावण १२ गते २०८३
images

देवदह आदर्श बहुमुखी क्याम्पसमा अनेरास्ववियुको प्यानल विजयी

देवदह आदर्श बहुमुखी क्याम्पसमा अनेरास्ववियुको प्यानल विजयी

  • 1.3K
    SHARES

  • देवदह आदर्श बहुमुखी क्याम्पसमा अनेरास्ववियुको प्यानल विजयी

    बुटवल,चैत ६ ।

    रुपन्देहीको देवदह आदर्श बहुमुखी क्याम्पसमा भएको स्ववियु निर्वाचनमा नेकपा एमाले निकट अनेरास्ववियुको प्यानल नै विजयी भएको छ ।

    अध्यक्षमा अर्जुन गैरे २९१ मत ल्याएर विजयी भएका छन् । उनको  नेतृत्वमा अखिलको प्यानल नै विजयी भएको हो । नेपाल विद्यार्थी संघ र एकीकृत समाजवादी निकट अनेरास्ववियूको गठबन्धनबाट नेविसंघका माधव भट्टराईले १७६ र अखिल क्रान्तिकारीका धनीकुमारी पन्थीले ५५ मत पाएकी छन् ।

    सचिवमा अनेरास्ववियुका गौरव ज्ञवालीले २७८ मत पाएर विजयी हुँदा नेविसंघकी सविता अधिकारीले १३७ र अखिल क्रान्तिकारकिा रविन न्यौपानेले ८२ मत पाएका छन् ।

    यस्तै कोषाध्यक्षमा अनेरास्ववियुका शोभराज जैसी २५९ मत पाएर विजयी हुँदा नेकपा एकीकृत समाजवादी निकट अनेरास्ववियूका शिशिर भट्टराईले ११९ मत र अखिल क्रान्तिकारीका दिपेश सापकोटाले ७९ मत पाएका छन् ।

    सदस्यहरुमा अनेरास्ववियुकै रविन परियार, अमृता पाठक, भुवन थापा, लेखिका मल्ल, सरोज गिरी विजयी भएका छन् ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology