बुटवल,चैत्र ६ ।
रेसुङ्गा बहुमुखी क्याम्पसमा भएको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा नेविसंघको प्यानल नै विजयी भएको छ ।
यहाँ भएको निर्वाचनमा नेविसंघका पुनाराम घिमिरेले ३९५ मत ल्याएर अध्यक्षमा विजयी हुनुभयो । उहाँका निकटतम प्रतिस्पर्धी अनेरास्ववियु संयुक्त प्यानलका नविन अर्यालले २६८मत प्राप्त गर्नुभयो ।
सचिवमा सुदिप खत्रीले ३८७ मत लिएर विजयी हुनुभयो । उहाँका निकटतम प्रतिस्पर्धी अनेरास्ववियु संयुक्त प्यानलका हुमाकान्त पोखरेलले २७३ मत प्राप्त गर्नुभयो । कोषाध्यक्षमा यमुना सेन ३८५ मत लिएर विजयी हुनुभयो । उहाँका निकटतम प्रतिस्पर्धी अनेरास्ववियु संयुक्त प्यानलका सिर्जना गिरीले २७५ मत प्राप्त गर्नुभयो ।
त्यस्तै सदस्यमा अनिष पन्थी ४१० मत, अनुप सुनार ३८६ मत, एलिशा पाण्डे ३८९ मत, किरण थापा ३८४ मत र कमल कुँवर ३४६ मत प्राप्त गर्दै विजयी हुनुभएको निर्वाचन समितिले जनाएको छ । यस रेसुङ्गा बहुमुखी क्याम्पसमा ७६२ कुल मतदाता रहेकोमा ६७१ मत खसेको थियो ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)