बुटवल,चैत्र ५ ।
त्रिभुवन विश्वविद्यालयका क्याम्पसमा आज स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को नेतृत्वका लागि मतदान चलिरहको छ ।केही क्याम्पसबाहेक देशभरका सबै आंगिक र सम्बन्ध प्राप्त क्याम्पसहरूमा मतदान भइरहेको हाे ।

रुपन्देहीका मतदानस्थललाई सुरक्षित बनाउन सुरक्षाकर्मी खटिएका छन् । बिहान ८ बजेपछि सुरु भएको मतदान अपराहन्न ४ बजेसम्म हुनेछ ।


त्रिविका १३ क्याम्पसमा भने आन्तरिक विवादका कारण चुनाव स्थगित भएको छ । ६२ आंगिक र एक हजार ४० सम्बन्धन प्राप्त क्याम्पसहरुमा स्ववियु निर्वाचन भइरहेको छ ।



नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)