Logo मंगलवार, श्रावण १२ गते २०८३
images

बुटवल बहुमुखीमा अनेरास्ववियुको प्यानल विजयी,नेविसंघ तेस्राे !

बुटवल बहुमुखीमा अनेरास्ववियुको प्यानल विजयी,नेविसंघ तेस्राे !

  • 4.2K
    SHARES

  • बुटवल बहुमुखीमा अनेरास्ववियुको प्यानल विजयी,नेविसंघ तेस्राे !

    बुटवल,चैत्र ६ ।

    बुटवल वहुमुखीमा भएको स्ववियू चुनावमा नेकपा एमाले निकट अनेरास्ववियुले प्यानल नै जितेको छ ।

    कुल ७ हजार ११० विद्यार्थी मतदाता रहेको क्याम्पसमा २ हजार ६ सय ८१ मत खसेको थियो ।  अध्यक्ष पदमा अनेरास्ववियुका उम्मेदवार दुर्गा बहादुर एमसीले १ हजार २१४ मत पाएर बिजयी भए भने निकटतम प्रतिस्पर्धी माओवादी निकट अखिल क्रान्तिकारीका शिव बहादुर खवासले ६३५ मत पाए । नेपाल बिद्यार्थी संघका सागर पौडेल ४७४ मतसहित तेस्रो भए ।win.jpg

    त्यसैगरी सचिव पदमा अनेरास्ववीयुका उम्मेदवार निलकण्ठ पाण्डेय, कोषाध्यक्ष पदमा अनेरास्ववियुका शशांक बस्याल विजयी भएका छन् । यस्तै सदस्य पदमा पनि अनेरास्ववीयुका नविन खनाल, सुचना भण्डारी, सुनिल कार्की, भुकम्प अर्याल, बिमल कुमार पासी, सागर एमसी र प्रज्वल बस्नेत फराकिलो मतान्तरले विजयी भएका छन् ।1.jpg

    2.jpg

    3.jpgबुटवल बहुमुखी क्याम्पसमा अनेरास्ववियुले ०४९ सालदेखि जित्दै आएको छ । यहाँ राष्ट्रिय स्वतन्त्र बिद्यार्थी समुहका बरन्यम राज गौतमको नेतृत्वमा एउटा प्यानल,अखिल नेपाल स्वतन्त्र बिद्यार्थी युनियनका क्रान्तिकारी बिप्लवका पदम पराजुलीको प्यानल र अखिल क्रान्तिकारी बहुमतका पारस राहादीको प्यानल गरी ६ वटा संगठनबीच प्रतिस्पर्धा भएको थियो ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology