बुटवल,असाेज १२ ।
नेपाली काँग्रेसले बुटवलको ज्योतीनगर-लक्ष्मीनगर क्षेत्रका पहिरो प्रभावितलाई राहत प्याकेज दिए सहि व्यबस्थापन गर्न माग गरेको छ ।
नगरमा नवनिर्वाचित नेपाली काँग्रेसका पदाधिकारी तथा सदस्यहरूको टोलीले लुम्बिनी प्रदेश मुख्यमन्त्री कार्यालयमा एक कार्यक्रमका बिच पहिरो प्रभावितलाई अल्पकालिन र दीर्घकालिन व्यबस्थापनको माग गर्दै लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री कुलप्रसाद केसीलाई ज्ञापन पत्र बुझाएको हो ।
ज्ञापन पत्र बुझाउँदै नेपाली काँग्रेस बुटवल नगर समितिका सभापति खेलराज पाण्डेयले जनताका विषयलाई गम्भीरतापूर्वक लिन र सम्बाेधन गर्न मुख्यमन्त्री केसीलाई आग्रह गरे ।
त्यस्तैगरी नेपाली काँग्रेसले तिनाउ दानव नदिको कटानका कारण भएको क्षती प्रति पनि गम्भिर बन्न आग्रह गर्दै उनीहरुलाई समेत राहतको व्यबस्था गर्न र तटवन्धनको प्रवन्ध मिलाउन माग गरेको पाण्डेयले बताए ।
नेपाली काँग्रेसले बुटवलको राजमार्ग चौहारा-गोलपार्कसडक अत्यन्तै जीर्ण भएको भन्दै त्यसलाई समेत तत्काल सुधारको र निर्माणका लागि आग्रह गरेको हो ।
नेपाली काँग्रेसले वेलवास-वेथरी सडक र आउँदै गरेको चाडपर्वको समयमा मुल्यबृद्धि र कालोवजारी हुन नदिन सरकारलाई गम्भिर बन्न आग्रह गरेको छ ।
नगरभित्र भएका बिभिन्न मुद्धा उठान र समाधानका लागि पहल गरेर मात्रै काँग्रेस पार्टी कार्यालयमा जाने सभापति पाण्डेयले बताए ।
ज्ञापन पत्र बुझ्दै मुख्यमन्त्री केसीले प्रदेश सरकारले पहिरो प्रभावितलाई राहत, उद्धार र व्यबस्थापनलाई प्राथमिकता दिएको र यसले केहिदिनमै ठोस उपलब्धि निकाल्ने बताए । उनले त्यसको लागि सरकारको तर्फबाट तथ्यांक संकलनको काम भईरहेको र चाडपर्व अघि नै राहत दिनेगरी सरकारले तयारी गरेको जानकारी समेत गराए ।
मुख्यमन्त्री केसीले तत्काल राहत तथा पुनःस्थापनका लागि जिल्ला प्रशासन कार्यालयले तथ्याङ्क संकलनका लागि निर्देशन गरिएको र मंगलबार सराेकारवालाका बिचमा बैठक राखिएको बताए ।
साेहि अवसरमा काँग्रेसले लुम्बिनी प्रदेशका शहरी बिकास तथा पर्यटन मन्त्री डिल्ली चाैधरीलाइ पनि साेही ब्यहाेराको पत्र बुझाएको हो । साे कार्यक्रम नेपाली काँग्रेस नगर सचिव छायाँ पोखरेलको संचालनमा भएको थियो ।

यी समाचार पनि हेराैँ:-
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)