Logo मंगलवार, श्रावण १२ गते २०८३
images

सिद्धार्थनगरमा कोशिसबहादुर खड्काको प्यानल बिजयी

सिद्धार्थनगरमा कोशिसबहादुर खड्काको प्यानल बिजयी

  • 2.8K
    SHARES

  • सिद्धार्थनगरमा कोशिसबहादुर खड्काको प्यानल बिजयी

    बुटवल,असोज १० ।

     सिद्धार्थनगर नगरपालिकामा नेपाली काङग्रेस सभापतिमा कोशिस बहादुर खड्का बिजयी भएका छन्। काङग्रेसको १४ औं महाधिबेशन अन्तरगत भएको गाउँ नगर निर्वाचनमा सिद्धार्थनगरको सभापति सहित पदाधिकारीमा खड्का प्यानल विजयी भएको हो। 

    सभापतिमा ख्काले १ सय ३९ मत ल्याएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी सन्जीव शर्मा रेग्मीले ९३ मत र सभापती पदकै अर्का उम्मेदवार सन्जिव गुरुङले २ मत प्राप्त गरे। निर्वाचनमा कुल मत २ सय ४१ खसेको थियो। 

    यस्तै उपसभापतीमा खड्का प्यानलकै देवराज न्यौपानेले १ सय २४ मत र किरण कुमार घिमिरेले १ सय १८ मत प्राप्त गरी बिजयी भएका छन्।

    उनीहरुका प्रतिद्वन्द्वी गौरब श्रेष्ठले १ सय ४ मत र घनश्याम यादवले ९७ मत प्राप्त गरे। सचिवमा अनिल कुमार केसी १ सय १७ मत र हरिमाया गुरुङ १ सय २१ मत ल्याइ बिजयी भएका छन्। उनिहरुका प्रतिद्वन्द्वी टिकाराम भट्टराईले १ सय ३ मत प्राप्त गरे भने सम्राट थापाले ९९ मत प्राप्त गरे। 

    सहसचिवमा आदर्श गुरुङ् ९एडि०ले १ सय ३९ मत र कृष्ण कुमार चाइले १ सय २३ मत प्राप्त गर्दै बिजयी भएका छन। उनिहरुका प्रतिद्वन्द्वी ओजस शर्माले १ सय १ मत र प्रतीक भन्डारीले ८६ मत प्राप्त गरे। २ सय ४२ जना मतदाता रहेको सिद्धार्थनगर नगर पालिकामा २ सय ४१ जनाले मतदान गरेका थिए।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology