Logo मंगलवार, श्रावण १२ गते २०८३
images

सैनामैनाको सभापतिमा रणबहादुर खनाल बिजयी (मतपरिणामसहित)

सैनामैनाको सभापतिमा रणबहादुर खनाल बिजयी (मतपरिणामसहित)

  • 2.7K
    SHARES

  • सैनामैनाको सभापतिमा रणबहादुर खनाल बिजयी (मतपरिणामसहित)

    बुटवल,असोज १० ।

    नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत भएको निर्वाचनमा सैनामैना नगरपालिकाको सभापतिमा रण बहादुर खनाल १ सय २६ मत सहित विजयी हुनुभएको छ । 

    खनालले प्रत्यासी कृष्ण प्रसाद पोखरेललाई २४ मतको अन्तरले हराउनुभएको हो । खनालले १ सय २ मत प्राप्त गर्नुभयो । 

    यस्तै उपसभापतिमा खनाल पक्षकै लक्ष्मी आचार्य पौडेल १ ३४ र लोकमणी  भट्टराई १२४ मतसहित विजयी बन्नुभयो । उहाँहरुका प्रत्यासी निलप्रसाद थापा ९२ र मिना श्रेष्ठले ९६ मत प्राप्त गर्नुभयो । 

    यस्तै सचिवमा खनाल पक्षकै अर्जुन पौडेल १३६ र पोखरेल पक्षका कृष्ण कंडेलले १११ मत ल्याएर विजयी बन्नुभयो । प्रतिद्धवन्दी चुरामणी घिमीरेले १०६ र सुभाष पौडेलले ९२ मत ल्याउनुभयो । 

    सह सचिवमा पनि खनाल पक्षकै उम्मेदवार विजयी हुनुभएको छ । जसमा शारदा रौतार १४२ र मनु काउचा १२५ मतसहित बिजयी हुनुभयो । प्रत्यासी सुरेश परियार १०१ र श्याम प्रसाद अधिकारीले ७५ मत ल्याएर पराजित हुनुभयो । 

    सैनामैना ६ कलौनी स्थित सहिद नारायण पोखरेल रामापुर क्याम्पसमा भएको अधिवेशनमा २ सय ४० मत खसेको थियो । नगरमा २ हजार २ सय २४ जना क्रियासिल सदस्य छन् । sainamaina.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology