बुटवल,असोज १० ।
नेपाली कांग्रेस बुटवल नगरमा नवनिर्वाचित सभापति खेलराज पाण्डेयले कांग्रेसलाई बुटवलमा पहिलो पार्टी बनाउने दाबि गरेका छन् ।
उनले अहिले पार्टीभित्रै मैत्रीपूर्ण चुनाव जितेको बताउँदै बुटवलमा अरूलाइ जितेर कांग्रेसलाई पहिलो पार्टी बनाउने उद्घाेष गरे ।पाण्डेले बुटवललाई कांग्रेसको गढ बनाउने प्रतिबद्धता जनाए ।
आज बुटवलमा भएको निर्वाचित पदाधिकारीहरुलाई पदस्थापन र प्रमाण पत्र वितरण समारोहमा बोल्दै उनले भने ‘हामी बीच मैत्रीपूर्ण चुनाव भएको हो, हामी सबैले जितेका छौं । मेरो जीतमा सबैको साथ र सहयोग छ । आगामी दिनमा हामी एकतावद्ध भएर अगाडि बढ्छौं , अब कांग्रेसलाई बुटवलमा पहिलो पार्टी बनाउँछौं ।’
‘बुटवलमा नेपाली कांग्रेसलाई सबैतहमा जिताउन प्रयत्न गर्नेछु ।’ उनले भने- ‘चाहेँ वडाको चुनाव होस्, चाहे पालिकाको होस्, चाहे प्रदेश, संघको होस् कांग्रेसलाई जिताउँन सक्ने पार्टीको रुपमा अगाडी बढाउने छु,म सबैतिर कांग्रेसले जितेको हेर्न चाहन्छु ।’
’उनले मतदाता फोटो खिच्ने काम भईरहेको बताउँदै पार्टीका कुनैपनि पदमा रहने व्यक्तिको मतदातामा नाम नभेटिने अवस्था नरहाेस् भन्दै समयमै नामावलीमा समेटिन आग्रह गरे । वार्ड देखि नै मिलेर अगाडी बढ्ने उनको भनाई छ ।
उनले निर्वाचनमा सहयोग गर्ने सबैलाई एकमुष्ट धन्यवाद ज्ञापन गरे । उपबिजेता टीमलाइ साथमै लिएर पार्टी हाँक्ने उनको भनाई छ ।
उनले अबदेखि कडा रूपमा प्रस्तुत हुने बताउँदै बुटवल उपमहानगरपालिकाका हरेक गतबिधिमा उच्च निगरानी बढाइने बताए ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)