बुटवल,असोज १० ।
नेपाली कांग्रेस बुटवल उपमहानगरको सभापतिमा ह्याट्रीक गरेका खेलराज पाण्डेयले मतदान स्थलकै फाेहाेर उठाएर कार्यआरम्भ गरेका छन् । हिजाे मतदान भएको स्थल बुटवलको सिद्धेश्वरी मैदान र सिद्धेश्वरी माध्यमिक बिद्यालय परिषरमा बिहानै सरसफाइ गरिएको हाे ।
हिजाे शनिबार उनी बुटवलको सभापतिमा तेस्रो पटक भारी मतका साथ बिजयी भएका हुन् ।
उनले ४१२ मत ल्याए भने उनका प्रतिस्प्रर्धी रिता केसीले १२४ मत पाइन् । उपसभापतीमा ज्योति भण्डारी ४०३,हितमान पुन २८२ ,सचिबमा सचिव,गंगा पन्थी ३०७,छाया पोखरेल २९४ सहसचिवमा देवलाल अर्गली २९७ र गणेश घिमिरे ३०० मत पाएर बिजयी भएका छन ।
बिजय भएपछि सभापति खेलराज पाण्डेले सबैलाइ मिलाएर अघि बढ्ने बताए । उनले बुटवलमा कांग्रेसलाइ पहिलो शक्ति बनाएरै छाड्ने बताए । ५६९ मतदाता रहेकोमा जम्मा ५४५ मत खसेको थियो ।

नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)