Logo मंगलवार, श्रावण १२ गते २०८३
images

नेपाली काँग्रेसको १४ औं महाधिवेशन :बुटवलमा मतदान सकियो,५४५ मत खस्यो

नेपाली काँग्रेसको १४ औं महाधिवेशन :बुटवलमा मतदान सकियो,५४५ मत खस्यो

  • 5.0K
    SHARES

  • नेपाली काँग्रेसको १४ औं महाधिवेशन :बुटवलमा मतदान सकियो,५४५ मत खस्यो

    बुटवल,असोज ९ । 

    नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत बुटवलमा भएको नगरको मतदानमा ५४५ मत खसेको छ । ५६९ मतदाता रहेकोमा मतदानको समय अवधिभरमा ५४५ मत खसेको निर्वाचन समितिले जनाएको छ ।

    अबको केहि समयमा मुचुल्का र प्रकृया पुर्याएर मतगणना शुरू गरिने प्रमुख निर्वाचन अधिकृत जीवनारायण अधिकारीले नागरिक अनलाइनलाइ जानकारी दिए ।  महाधिवेशनको तालिका अनुसार गत भदौ १८ गते वडा अधिवेशन भएका पालिकाहरुमा अधिवेशन अन्तरगत नया नेतृत्व चयनका लागि मतदान भएको हो ।

    बुटवल उपमहानगरपालिकाको मतदान सिद्धेश्वरी माध्यमिक बिद्यालयमा भएको थियो  ।  मतदान दिउँसो साढे २ : १७ बजेबाट सुरु भएको हो । पहिलो मतदाताका रुपमा नगर सभापतिका प्रत्यासी खेलराज पाण्डेले मतदान गरे भने दोस्रो मतदान अर्का प्रत्यासी रिता केसीले गरिन् ।

    पाण्डे प्यानलबाट उपसभापतिमा ज्योति भण्डारी र हितमान पुन, सचिवमा छायाँ पोखरेल र गंगा पन्थी, सहसचिवमा देवलाल अरगेली र पुरुषोत्तम खनाल उम्मेदवार छन् । यसैगरी केसी प्यानलमा उपसभापतिमा नरबहादुर रजाली मगर र हरिलाल सुनार, सचिवमा सन्तोष पौडेल र जयप्रकाश भट्टराई, सहसचिवमा सुदन बासकोटा र गणेश घिमिरेले उम्मेदबार छन् ।vote.jpg

    बुटवलमा ५४५ क्षेत्रीय प्रतिनिधिले मतदान गरेको नगर सहसचिव गाेपाल पाण्डेले नागरिक अनलाइनलाइ जानकारी दिए । रुपन्देही जिल्लाका १६ वटा पालिकाहरुमा निर्वाचनको काम अगाडी बढेको रुपन्देही जिल्लामा खटिनु भएका जिल्ला निर्वाचन अधिकृत भेषराज घिमिरेले जानकारी दिए  ।

    list butwal.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology