Logo मंगलवार, श्रावण १२ गते २०८३
images

कांग्रेस नगर अधिवेशन : बुटवलमा खेलराज पाण्डेको ह्याट्रीक (मतपरिणामसहित)

कांग्रेस नगर अधिवेशन : बुटवलमा खेलराज पाण्डेको ह्याट्रीक (मतपरिणामसहित)

  • 7.4K
    SHARES

  • कांग्रेस नगर अधिवेशन : बुटवलमा खेलराज पाण्डेको ह्याट्रीक (मतपरिणामसहित)

    बुटवल,असोज ९ ।
    नेपाली कांग्रेस बुटवल उपमहानगरको सभापतिमा खेलराज पाण्डेले ह्याट्रीक गरेका छन् । उनी बुटवलको सभापतिमा तेस्रो पटक भारी मतका साथ बिजयी भए ।

    उनले  ४१२ मत ल्याए भने उनका प्रतिस्प्रर्धी रिता केसीले १२४ मत पाइन् । उपसभापतीमा ज्योति भण्डारी  ४०३,हितमान पुन २८२ ,सचिबमा सचिव,गंगा पन्थी ३०७,छाया पोखरेल २९४ सहसचिवमा देवलाल अर्गली  २९७ र गणेश घिमिरे  ३०० मत पाएर बिजयी भएका छन ।

    बिजय भएपछि सभापति खेलराज पाण्डेले सबैलाइ मिलाएर अघि बढ्ने बताए । उनले बुटवलमा कांग्रेसलाइ पहिलो शक्ति बनाएरै छाड्ने बताए  । ५६९ मतदाता रहेकोमा जम्मा ५४५ मत खसेको थियो ।khel raj and rita kc.jpg

    अन्तिम मत परिणाम  हेराैँ :
    सभापति
    खेलराज पाण्डेय : ४१२
    रीता केसी: १२४

    उपसभापती
    ज्योति भण्डारी  ४०३
    हितमान पुन २८२
    नर बहादुर रजाली २३८
    हरिलाल सुनार १०२

    सचिव
    गंगा पन्थी ३०७
    छाया पोखरेल २९४
    जय प्रकाश भट्टराइ २३९
    सन्तोष पौडेल १४८

    सहसचिव :
    देवलाल अर्गली  २९७
    पुरोसत्तम खनाल २६९
    गणेश घिमिरे  ३००
    सूदन बास्कोटा  १६६

    को हुन् खेलराज पाण्डेय ?

    नाम – खेलराज पाण्डेय
    जन्म – बिस २०२६ फागुन ५ गते
    बुबा -लिलाबल्लभ पाण्डेय
    आमा – तारादेबी पाण्डेय
    स्थान – साबिक आलमदेबी २ हाल कालिगण्डकी २
    श्रीमती -सीता भट्टराइ (पाण्डेय)
    छोरा -अभिषेक पाण्डेय
    शिक्षा -स्नातकतह
    घर – बुटवल ८ सुख्खानगर रुपन्देही
    राजनीति-२०३९ बाट आरम्भ
    – आदर्श माबि स्याङजा नेबिसंघ सदस्यता बिस २०३९
    -जनता माबि पाल्पा जेभिटी नेबिसंघ समिति २०४०
    -त्रिबिमा बिज्ञान संकाय पाल्पा इकाइ २०४३
    -अमृत साइन्स क्याम्पस काठमाडौं नेबिसंघ सचिब २०४४—२०४६
    -२०४७ बुटवल बहुमुखी क्याम्पस नेबिसंघ उपसभापति
    -२०५२ नेबिसंघ सचिब रुपन्देही
    -२०५९ तरुण दल जिल्ला अध्यक्ष
    -२०६० तरुण दल केन्द्रिय सदस्य
    -२०६७ मा नेपाली कांग्रेस नगर सभापति बुटवल
    -२०७२ नगर बिकास समिति बुटवलको अध्यक्ष
    -२०७२ नेपाली कांग्रस बुटवल उपमहानगर समितिको सभापति (दुइ कार्यकाल ) समेत भएर काम गरेको अनुभब पाण्डेयसंग छ ।

    २०३८ सालदेखि  बुटवलमा झरेका पाण्डेयको पहिचान ग्रासरुटमा सबैभन्दा बलियो छ ।

    उनलाइ आम नागरिकले लोभलालच रहित ,सामान्य परिवार,सरल र प्रष्ट बक्ताको रुपमा चित्रित गर्ने गरेका छन् । उनी  बुटवलका सबै नागरिकका दुख सुखमा सहभागि हुने गरेका छन् ।

    नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत रूपन्देहीका विभिन्न पालिकाहरुबाट निर्वाचित सभापतिहरू नामावलीसहित :

    १. बुटवल उमानपा: खेलराज पाण्डेय
    २. तिलोत्तमा नपा : हरिलाल पाण्डे
    ३. सिद्धार्थनगर नपा : कोसिस वहादुर खड्का
    ४. सैनामैना नपा : रण बहादुर खनाल
    ५. देवदह नपा: गुनाखर भुर्तेल
    ६. लुम्बिनी सांस्कृतिक नपा : मोह्मद सहिद खाँ
    ७. कन्चन गापा : देविराम रेग्मी
    ८. गैडहवा गापा : सत्यनारायण पथिक
    ९. कोटहीमाई गापा : अवधराम यादव
    १०. मर्चवारी गापा : जनार्दन यादव
    ११. ओमसतीया गापा: भगवानप्रसाद चौधरि 
    १२. मायादेवी गापा : पदम भण्डारी
    १३. रोहिणी गापा : पारसनाथ योगी 
    १४. सियारी गापा : गोपाल पाण्डे 
    १५. सुद्धोधन गापा : दामोदर पौड्याल 
    १६. सम्मरीमाई गापा : रमेश यादव

    यी समाचार पनि हेराैँ :-

     

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    कपिल ज्ञवाली

    डेढ दशकदेखि बुटवलमा रहेर पत्रकारितामा सक्रिय ज्ञवाली नागरिक अनलाइन डटकमका संस्थापक र चिफ एडिटर हुन् ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology