बुटवल,असाेज ८ ।
बुटवल उपहानगर नेपाली काँग्रेस सभापतिकी उम्मेदबार रिता केसीले बुटवलमा काँग्रेसलाइ बलियो बनाउनका लागि उम्मेदवारी दिएको बताएकी छन् ।
बुटवलमा पत्रकारसँग कुराकानी गर्दै उनले भनिन् ‘बुटवल उपमहानगरमा कांग्रेसको संगठन एकदमै नाजुक÷कमजोर भएकाले पार्टीलाई बलियो बनाउका लागि मेरो उम्मेदवारी हो । उनले अघि भनिन् ‘बुटवल उपमहानगरपालिकामा कांग्रेसका मेयर, उपमेयर, वडाध्यक्ष, सदस्यहरुलाई लगायत प्रदेश र संघमा पार्टीलाई बिजय गराउनका लागि हो ।’
उनले रुपन्देहीका १६ स्थानीय तह मध्ये कहिँ पनि महिला उम्मेद्वार नहुनु दुःखद रहेको बताइन् । ‘कांग्रेस जस्तो प्रजातन्त्रिक दलमा पनि महिला सहभागिता न्यून हुनु दुःखद हो । १६ तहमा कहिँपनि महिलालाई स्थान दिइएन । एक जना म छु मलाई पनि पछि पार्न खोजिएको छ । तर, म पछि सर्दिन । सहमतिका लागि म निर्वाचनपूर्वको अन्तिम समयसम्म तयार छु तर, सहमतिका नाममा मलाई पछि पार्न खोजिए मान्दिन ।’उनले भनिन् ।
सूर्यप्रसाद प्रधानको पालामा बुटवलमा काँग्रेस बलियो भएको बताउँदै उनले आफूले सभापति जितेमा काँग्रेसलाई पहिला जस्तै बलियो बनाउने बताइन्।
जिल्ला सभापति अब्दुल रजाक उपस्थितमा नै घोषणा सभा गरिएकाले पनि आफु आधिकारीक उम्मेदबार भएको उनले दाबि गरिन् । रुपन्देहीका अधिकास सामाजिक संघसस्थाहरुमा योगदान दिदै आएकी उनि मुक्ति एफ एम, राज्य टिभि, लुम्बिनी टिभि, साधना महिला विद्यालय धेरै संघसंस्थाहरुमा आवद्ध छिन ।
केसी प्यानलमा उपसभापतिमा नर बहादुर रजाली मगर, उपसभापति हरिलाल सुनार, सचिवमा सन्तोष पौडेल, सचिव जयप्रकाश भट्टराई, सहसचिवमा सुदन बासकोटा र सहसचिवमा गणेश घिमिरे उम्मेबारी घोषणा गरेका छन ।यता उनको बिरुद्ध खेलराज पाण्डे नै पुन सभापतिमा उम्मेदबारी दिने घोषणा भएको छ ।
पाण्डे प्यानलमा उपसभापतिमा ज्योति भण्डारी, उपसभापति हितमान पुन, सचिव छापा पोखरेल, गंगा पन्थी, सहसचिव देवलाल अरगेली र सहसचिव पुरुषोत्तम खनालको उम्मेदवारी घोषणा भएको छ । नगरमा १९ वडाबाट ५ सय ६८ जना क्षेत्रिय प्रतिनिधिहरु निर्वाचनमा भाग लिदैछन ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)