Logo मंगलवार, श्रावण १२ गते २०८३
images

कांग्रेस अधिबेशन विवाद : देउवा पक्षले भन्छ- ‘डडेलधुरामा फेरि वडा अधिवेशन हुनै सक्दैन’

कांग्रेस अधिबेशन विवाद : देउवा पक्षले भन्छ- ‘डडेलधुरामा फेरि वडा अधिवेशन हुनै सक्दैन’

  • 3.1K
    SHARES

  • कांग्रेस अधिबेशन विवाद : देउवा पक्षले भन्छ- ‘डडेलधुरामा फेरि वडा अधिवेशन हुनै सक्दैन’

    बुटवल, भदौ २८ ।

    कांग्रेस सभापति शेरबहादुर देउवा पक्षले डडेलधुरामा फेरि वडा अधिवेशन हुन नसक्ने बताएको छ।

    वरिष्ठ नेता रामचन्द्र पौडेल खेमाले डडेलधुरामा भएको वडा अधिवेशनलाई अमान्य घोषणा गरेपछि देउवा पक्षको उक्त भनाइ आएको हो। क्रियाशील सदस्यता विवाद यथावत रहेको तथा जिल्ला कार्यसमितिको समर्थन विना वडा अधिवेशन भएकाले  बदरको माग पौडेल पक्षले गरेको छ। 

    सभापति देउवाको गृह जिल्लामा वडा अधिवेशन एकपक्षीय रुपमा गरिएको पौडेल पक्षको निष्कर्ष छ। पौडेल पक्षले डडेलधुरामा पुनः वडा अधिवेशनको माग गरेको छ। 

    ‘क्रियाशील सदस्यताको विवाद कार्यदलले टुंगाएको हो। फेरि वडा अधिवेशन गर्नुपर्छ भन्ने मैले सुनेको छैन,’ महामन्त्री पूर्णबहादुर खड्काले भने। सत्ता र शक्तिको दुरुपयोग गरि डडेलधुरामा वडा अधिवेशन भएको पौडेल पक्षले जनाएको छ।

    देउवाको दादागिरी चल्दैन,डडेलधुराको वडा अधिवेशन मान्दैनौं :रामचन्द्र पौडेल

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology