Logo मंगलवार, श्रावण १२ गते २०८३
images

देउवाको दादागिरी चल्दैन,डडेलधुराको वडा अधिवेशन मान्दैनौं :रामचन्द्र पौडेल

देउवाको दादागिरी चल्दैन,डडेलधुराको वडा अधिवेशन मान्दैनौं :रामचन्द्र पौडेल

  • 1.9K
    SHARES

  • देउवाको दादागिरी चल्दैन,डडेलधुराको वडा अधिवेशन मान्दैनौं :रामचन्द्र पौडेल

    बुटवल, भदौ २८ ।

    नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले महाधिनवेशन अन्तर्गत भएका क्रियाकलापहरुमा संस्थापन पक्षबाट दादागिरी भइरहेको बताएका छन्। उनले कतिपय स्थानमा वडा अधिवेशनमा धाँधली र षडयन्त्र भइरहेको टिप्पणी गरेका छ्न्।

    सोमबार नेपाली कांग्रेस सिन्धुपाल्चोकले आयोजना गरेको कांग्रेसको १४औं महाधिवेशनको नीति र नेतृत्व विषयक अन्तरक्रियामा बोल्दै  पौडेलले सभापति शेरबहादुर देउवाको गृहजिल्लामा भएको वडा अधिवेशन नमान्ने बताए। पार्टी प्रवेशको नाममा सच्चा कार्यकर्ताले स्थान पाएका छैनन्।

    डडेलधुराको वडा अधिवेशन हामी मान्दैनौं। धाँधली गरिएको छ। यसको विरोध गर्छौं।  वडा अधिवेशनदेखि कब्जा गरेर पार्टीको सत्ता हत्याउन खोजिएको छ। त्यस्तो हुन हामी दिदैनौ, पौडेलले भने। 

    उनले नेतृत्वमा पुगेकैबाट लोकतन्त्रको हत्या भएको बताए। शक्तिको दुरुपयोग गरी समाजलाई हिँडाउन खोजिएको पौडेलको आरोप छ। 

    कार्यकर्ताले नेताको मूल्यांकन गर्न सकेनन् भने उपद्रो  नेताको सामना गर्नुपर्छ। विधि विधान लत्याएर स्वेच्छाचारिता पार्टीमा छ। कसको कारणले पार्टी यो अवस्थामा पुग्यो ? नेताको महत्वकांक्षाले यस्तो भएको छ। पार्टीको संस्कार बचाउने लडाइँ लड्नु परेको छ। लोकतन्त्रमा नेताबाटै खतरा छ। कमजोर पार्टीको बलियो नेता तानाशाह हुन्छ, पौडेलले थपे। 

    कांग्रेस अधिबेशन विवाद : देउवा पक्षले भन्छ- ‘डडेलधुरामा फेरि वडा अधिवेशन हुनै सक्दैन’

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology