बुटवल,असोज ७ ।
नेपाली कांग्रेस रुपन्देहीको तिलोत्तमा नगर समितिमा उम्मेदवारी घोषणा भएको छ।
कांग्रेस सभापति शेरबहादुर देउवा समुहबाट नगर सभापतिमा हरिलाल पाण्डेको नेतृत्वमा उपसभापति कल्याण पौडेल, माया चौधरी, सचिव प्रदिप थापा, हुमप्रसाद पौडेल, सहसचिवमा दिपक थापा र रमेश पराजुलीको उम्मेदवारी घोषणा भएको छ ।
नेपाली काग्रेसका जिल्ला सभापति अब्दुल रज्जाकले कार्यक्रमको उद्घाटन गर्दै प्रजातान्त्रिक पद्धति अनुसार नै पार्टीलाई चुस्त दुरुस्त बनाइने बताए।
कार्यक्रममा नेपाली कांग्रेस महासमिति सदस्य प्रेम खरेल, गंगा शाही, शिव नेपाल, चित्र केसी, मनोरमा शेरचन, कुल प्रसाद लामिछाने, चिरन्जिवि पौडेल, तरुण दल रुपन्देही जिल्लाका कोषाध्यक्ष बासु बश्यालले शुभकामना दिएका थिए ।

नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)