Logo मंगलवार, श्रावण १२ गते २०८३
images

कांग्रेस नगर अधिवेशन : बुटवलमा खेलराज पाण्डेयको नेतृत्वमा प्यानल घोषणा

कांग्रेस नगर अधिवेशन : बुटवलमा खेलराज पाण्डेयको नेतृत्वमा प्यानल घोषणा

  • 15.2K
    SHARES

  • कांग्रेस नगर अधिवेशन : बुटवलमा खेलराज पाण्डेयको नेतृत्वमा प्यानल घोषणा

    बुटवल,असोज ७ ।

    नेपाली कांग्रेसको १४ औं महाधिबेशन अन्तर्गत वडा अधिबेशन सकिएका जिल्लाहरुमा नगर अधिबेशनको रौनक बढेको छ ।

    ९ गतेका लागि तय भएको नगर अधिबेशनमा भटाभट उम्मेदबारी घोषणा भैरहेका छन् । रुपन्देहीमा पनि कांग्रेसको चुनाबी रौनक बढेको छ ।

    आज बुटवल,तिलोत्तमा,सैनामैना लगायतका नगरमा उम्मेदबारी घोषणा गरिएको हो ।बुटवल उपमहानगरपालिकामा काग्रेस नगर अधिवेशनका लागि खेलराज पाण्डेको नेतृत्वमा प्यानल घोषणा भएको छ।

    पाण्डेको नेतृत्वमा उपसभापतिमा ज्योति भण्डारी र हितमान पुन, सचिवमा छायाँ पोखरेल र गंगा पन्थी, सहसचिवमा देवलाल अर्गली र पुरूषोत्तम खनाल रहेका छन्। गाेलपार्कमा आयाेजित एक कार्यक्रममा रामबहादुर कार्कीले साे प्यानल घोषणा गरेका थिए ।

    congress butwal.jpg

    btl.jpg

    congresss.jpg

    को हुन् खेलराज पाण्डेय ?

     

    नाम – खेलराज पाण्डेय
    जन्म – बिस २०२६ फागुन ५ गते
    बुबा -लिलाबल्लभ पाण्डेय
    आमा – तारादेबी पाण्डेय
    स्थान – साबिक आलमदेबी २ हाल कालिगण्डकी २
    श्रीमती -सीता भट्टराइ (पाण्डेय)
    छोरा -अभिषेक पाण्डेय
    शिक्षा -स्नातकतह
    घर – बुटवल ८ सुख्खानगर रुपन्देही
    राजनीति-२०३९ बाट आरम्भ
    – आदर्श माबि स्याङजा नेबिसंघ सदस्यता बिस २०३९
    -जनता माबि पाल्पा जेभिटी नेबिसंघ समिति २०४०
    -त्रिबिमा बिज्ञान संकाय पाल्पा इकाइ २०४३
    -अमृत साइन्स क्याम्पस काठमाडौं नेबिसंघ सचिब २०४४—२०४६
    -२०४७ बुटवल बहुमुखी क्याम्पस नेबिसंघ उपसभापति
    -२०५२ नेबिसंघ सचिब रुपन्देही
    -२०५९ तरुण दल जिल्ला अध्यक्ष
    -२०६० तरुण दल केन्द्रिय सदस्य
    -२०६७ मा नेपाली कांग्रेस नगर सभापति बुटवल
    -२०७२ नगर बिकास समिति बुटवलको अध्यक्ष
    -२०७२ नेपाली कांग्रस बुटवल उपमहानगर समितिको सभापति (दुइ कार्यकाल ) समेत भएर काम गरेको अनुभब पाण्डेयसंग छ । उनका बुबाको पालामा २०३८ सालदेखि  बुटवलमा झरेका पाण्डेयको पहिचान ग्रासरुटमा सबैभन्दा बलियो छ ।

    उनलाइ आम नागरिकले लोभलालच रहित ,सामान्य परिवार,सरल र प्रष्ट बक्ताको रुपमा चित्रित गर्ने गरेका छन् । उनी  बुटवलका सबै नागरिकका दुख सुखमा सहभागि उनी हुने गरेका छन् ।

    यी समाचार पनि हेराैँ :-

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology