Logo मंगलवार, श्रावण १२ गते २०८३
images

खेलराज पाण्डेय भन्छन् -‘बुटवललाई कांग्रेसको गढकै रुपमा विकास गरेर देखाउँछु’

खेलराज पाण्डेय भन्छन् -‘बुटवललाई कांग्रेसको गढकै रुपमा विकास गरेर देखाउँछु’

  • 10.5K
    SHARES

  • खेलराज पाण्डेय भन्छन् -‘बुटवललाई कांग्रेसको गढकै रुपमा विकास गरेर देखाउँछु’

    बुटवल,असोज ८ ।

    बुटवल उपमहानगरमा नेपाली कांग्रेसको सभापतिमा तेस्रो पटक उम्मेदवारी घोषणा गरेका बुटवलका नेता खेलराज पाण्डेयले बुटवललाइ कांग्रेसकै गढ बनाएरै छाड्ने दाबि गरेका छन् ।

    उनले पार्टीलाइ जिताउन आफू सभापतिमा तेस्रो पटक उठ्नुपरेको बताएका छन्  । नागरिक अनलाइनसंग कुराकानी गर्दै नगर सभापति समेत रहेका पाण्डेयले बुटवल हिजो कांग्रेसको किल्ला रहेको र बिचमा गुमेपनि भोलि फेरि कांग्रेसकै गढका रुपमा बिकास गर्न आफू मैदानमा उत्रिएको बताए ।

    उनले भने-म भन्दा पनि पार्टीले जित्नुपर्छ,म सिपाइ हुँ,अब बुटवलमा कांग्रेस जिताएरै छाड्ने छु  ।’उनले ७-८  महिनापछि हुने स्थानीय तहको निर्वाचनमा पार्टीलाइ बिजयी बनाउने प्रतिबद्धता जनाए।  ‘म चुनावी नेता मात्रै होइन,मलाई सुस्ताउने छुट छैन,म सधैँ जनताको बिचमै थिएँरहुनेछु ।’

    पाण्डेले चुनावका बेला सार्वजनिक गरेका प्रतिवद्धताहरु सार्थक बनाउन योजनावद्ध रुपले लाग्ने र विकास–निर्माणका सवालमा काम गर्ने बताए । पहिले भन्दा बढी सक्रिय भएर काम गर्ने भन्दै उनले भने,-‘आउँदो चुनावसम्म बुटवललाई कांग्रेसको गढकै रुपमा विकास गर्छु ।’

    सबैको साथ र सहयोग हुनेमा बिश्वस्त रहेको भन्दै उनले आफूलाइ मत दिएर जिताउन समेत आग्रह गरे । 

    पाण्डेको नेतृत्वमा उपसभापतिमा ज्योति भण्डारी र हितमान पुन, सचिवमा छायाँ पोखरेल र गंगा पन्थी, सहसचिवमा देवलाल अर्गली र पुरूषोत्तम खनाल रहेका छन्। 

     

    को हुन् खेलराज पाण्डेय ?

    नाम – खेलराज पाण्डेय
    जन्म – बिस २०२६ फागुन ५ गते
    बुबा -लिलाबल्लभ पाण्डेय
    आमा – तारादेबी पाण्डेय
    स्थान – साबिक आलमदेबी २ हाल कालिगण्डकी २
    श्रीमती -सीता भट्टराइ (पाण्डेय)
    छोरा -अभिषेक पाण्डेय
    शिक्षा -स्नातकतह
    घर – बुटवल ८ सुख्खानगर रुपन्देही
    राजनीति-२०३९ बाट आरम्भ
    – आदर्श माबि स्याङजा नेबिसंघ सदस्यता बिस २०३९
    -जनता माबि पाल्पा जेभिटी नेबिसंघ समिति २०४०
    -त्रिबिमा बिज्ञान संकाय पाल्पा इकाइ २०४३
    -अमृत साइन्स क्याम्पस काठमाडौं नेबिसंघ सचिब २०४४—२०४६
    -२०४७ बुटवल बहुमुखी क्याम्पस नेबिसंघ उपसभापति
    -२०५२ नेबिसंघ सचिब रुपन्देही
    -२०५९ तरुण दल जिल्ला अध्यक्ष
    -२०६० तरुण दल केन्द्रिय सदस्य
    -२०६७ मा नेपाली कांग्रेस नगर सभापति बुटवल
    -२०७२ नगर बिकास समिति बुटवलको अध्यक्ष
    -२०७२ नेपाली कांग्रस बुटवल उपमहानगर समितिको सभापति (दुइ कार्यकाल ) समेत भएर काम गरेको अनुभब पाण्डेयसंग छ ।

    २०३८ सालदेखि  बुटवलमा झरेका पाण्डेयको पहिचान ग्रासरुटमा सबैभन्दा बलियो छ ।

    उनलाइ आम नागरिकले लोभलालच रहित ,सामान्य परिवार,सरल र प्रष्ट बक्ताको रुपमा चित्रित गर्ने गरेका छन् । उनी  बुटवलका सबै नागरिकका दुख सुखमा सहभागि हुने गरेका छन् ।

    यी समाचार पनि हेराैँ :-

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology