बुटवल,बैसाख १९-
नेपाल बिद्यार्थी संघले बहुमत सांसद एकातिर हुँदाहुँदै अल्पमतका नेतालाइ लुम्बिनी प्रदेशमा मुख्यमन्त्री नियुक्ती गरिनु संविधान लत्याउँदै जनमतको अपमान भएको जनाएको छ ।
अल्पमतका नेतालाइ मुख्यमन्त्री नियुक्ती गरिनु संविधानको ठाडो उल्लंघन र अलोकतान्त्रिक कदम भएको जनाएको हो । नेविसंघका केन्द्रिय उपसभापति मुक्ति पौडेलले एक बिज्ञप्ति जारी गर्दै भनेका छन्-‘जनतामाथि गरिएको कुशासन किमार्थ सहन गर्न सकिन्न, यो लोकतान्त्रिक शासन पद्दतीमाथि नै अपराध हो ,यसमा प्रदेश प्रमुख धर्मनाथ यादव र अल्पमतका नेता शंकर पोखरेलसहित उनको पार्टी नेकपा एमाले दोषि छ ।’
प्रेस विज्ञप्ति जारी गर्दै उनले लुम्बिनी प्रदेशमा संविधानको ठाडो उल्लंघन, बलमिच्याईं र घोर अलोकतान्त्रिक प्रवृत्तिको देखिएको भन्दै कडा निन्दा र भत्सर्ना गरेका छन् ।
गलत काममा सहभागि पोखरेल र नेकपा एमालेप्रति उनले आक्रोश ब्यक्त गरे । एमाले नेता शंकर पोखरेलले चोरबाटोबाट मुख्यमन्त्रीको नियुक्ती लिनु गलत भएको बताए ।
नेता पौडेलले प्रदेशमा कोरोना महामारीका बेला सरकार फेरबदलको काममा लाग्नु सत्तामोह मात्रै भएको जिकिर गरे ।नेपालको संविधान एवं संसदीय मुल्य–मान्यता, विधि र पद्धतिको ठाडो उल्लंघन गर्नेलाइ जनताले समयमै कारबाही गर्ने उनले चेतावनी दिए ।
आजै प्रदेश प्रमुख धर्मानाथ यादवले एमाले संसदीय दलका नेता शंकर पोखरेललाई लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त गरेपछि बहुमतसहितका सांसदहरु रुष्ट बनेका छन् । यादवले संविधानको धारा १६८ को उपधारा १ बमोजिम पोखरेललाई मुख्यमन्त्रीमा नियुक्त गरेको जनाएका छन्। पोखरेलले आजै बिहान मुख्यमन्त्रीबाट राजिनामा दिएका थिए ।
यी समाचार पनि पढ्नुहाेस् :
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)