बुटवल,बैसाख १९-
नेपाली कांग्रेस रुपन्देहीले लुम्बिनी प्रदेशमा बहुमत सांसद एकातिर हुदाहुदै अल्पमतका नेतालाइ मुख्यमन्त्री नियुक्ती गरिनु अलोकतान्धीक र दुर्भाभ्यपूर्ण भएको बताएको छ ।
‘बहुमत सांसद एकातिर हुदाहुदै अल्पमतको नेता कसरी मुख्यमन्त्री हुन्छ ?,यहां सरासर संविधान मिच्ने काम भयो ,यो कदम अप्रजातान्त्रिक र अलोकतान्त्रीक छ तुरुन्त प्रदेश प्रमुखले सच्चाउनुपर्छ’ कांग्रेस सचिब रामकृष्ण खांणद्वारा जारी बिज्ञप्तीमा भनिएको छ ।
उनले सरकार गठनका लागि बहुमत सदस्यको कदर गर्नुपर्ने भन्दै एमाले नेता शंकर पोखरेलले चोरबाटोबाट मुख्यमन्त्रीको नियुक्ती लिनु गलत भएको बताए ।
कांग्रेस सधै संविधान र बिधिको पक्षमा रहेको भन्दै उनले पोखरेलेको नियुक्ती बदर गरेर बहुमत सांसदको कदर गरेर अघि बढ्न समेत सुझाव दिए । उनले प्रदेशमा कोरोना महामारीका बेला सरकार फेरबदलको काममा लाग्नु सत्तामोह मात्रै भएको जिकिर गरे ।
आजै प्रदेश प्रमुख धर्मानाथ यादवले एमाले संसदीय दलका नेता शंकर पोखरेललाई लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त गरेपछि बहुमतसहितका सांसदहरु रुष्ट बनेका छन् ।
यादवले संविधानको धारा १६८ को उपधारा १ बमोजिम पोखरेललाई मुख्यमन्त्रीमा नियुक्त गरेको जनाएका छन्। पाेखरेलले आजै बिहान मुख्यमन्त्रीबाट राजिनामा दिएका थिए ।
यी समाचार पनि पढ्नुहाेस् :
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)