Logo मंगलवार, श्रावण १२ गते २०८३
images

केसीको नेतृत्वमा लुम्बिनीमा नयाँ सरकार गठन गर्न माग,४२ सांसदले बुझाए प्रदेश प्रमुखलाइ हस्ताक्षर

केसीको नेतृत्वमा लुम्बिनीमा नयाँ सरकार गठन गर्न माग,४२ सांसदले बुझाए प्रदेश प्रमुखलाइ हस्ताक्षर

  • 6.7K
    SHARES

  • केसीको नेतृत्वमा लुम्बिनीमा नयाँ सरकार गठन गर्न माग,४२ सांसदले बुझाए प्रदेश प्रमुखलाइ हस्ताक्षर

    बुटवल,बैसाख १९-

    लुम्बिनी प्रदेशमा ४२ सांसदको हस्ताक्षरसहित नेकपा माओवादी केन्द्र संसदीय दलका नेता कुलप्रसाद केसीको नेतृत्वमा नयाँ सरकार गठनका लागि प्रदेश प्रमुखसामू दाबी पेश गरिएको छ ।

    प्रदेश प्रमुख धर्मनाथ यादवले एमाले संसदीय दलका नेता शंकर पोखरेललाई मुख्यमन्त्री नियुक्त गरेलगत्तै ४२ सांसदको हस्ताक्षरले केसीको नेतृत्वमा नयाँ सरकार गठनका लागि दावी पेश गरेका हुन् ।

    यसमा सूर्य चिह्नबाट चुनाव जितेका स्वतन्त्र राजनीतिक समूहका धर्मबहादुर लाल श्रीवास्तव र अजय शाही तथा साबिकको नेकपाबाट चुनाव जितेकी विमला केसीले पनि हस्ताक्षर गरेका छन् ।

    प्रदेशसभामा ८१ सांसद छन् ।

    मुख्यमन्त्री नियुक्ति बदरको माग गर्दै प्रदेश प्रमुखको कार्यालय घेराउ :samsad-dharna.jpg

    लुम्बिनी प्रदेशका विपक्षी दलहरुले प्रदेश प्रमुखको कार्यालय घेराउ गरेका छन् । प्रदेश प्रमुखले शंकर पोखरेललाई मुख्यमन्त्री नियुक्त गरेपछि रुष्ट भएका विपक्षी दलहरुले नियुक्ति बदरको माग गर्दै प्रदेश प्रमुखको कार्यालय घेराउ गरेका हुन् ।

    प्रदेश प्रमुखले एमाले र विपक्षी गठबन्धनसँग समान ४०–४० सांसद भएको अवस्थामा पोखरेललाई मुख्यमन्त्री नियुक्त गरेपछि विपक्षी गठबन्धन आक्रोशित बनेको हो ।

    पछिल्लो समय एमालेका तीन सांसदले राजीनामा दिइसकेका छन् । जसका आधारमा एमालेसँग अब ३७ संसदमात्र बाँकी छन् । उता, विपक्षी गठबन्धनले ४२ सांसदको समर्थनसहित प्रदेश प्रमुख समक्ष सरकार गठनको दावी गरेको छ ।

    हेराैँ हस्ताक्षर :- samsad 1.jpgsamsad 2.jpg

    samsad 3.jpg

    यी समाचार पनि पढ्नुहाेस् :

     

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology