Logo मंगलवार, श्रावण १२ गते २०८३
images

भिजन लुम्बिनीले १० प्रतिशत बोनस शेयर बितरण गर्ने,आइपीओ जारी गर्ने प्रस्ताव पास-VIDEO

भिजन लुम्बिनीले १० प्रतिशत बोनस शेयर बितरण गर्ने,आइपीओ जारी गर्ने प्रस्ताव पास-VIDEO

  • 3.6K
    SHARES

  • भिजन लुम्बिनीले १० प्रतिशत बोनस शेयर बितरण गर्ने,आइपीओ जारी गर्ने प्रस्ताव पास-VIDEO

    बुटवल,पुस १९  ।

    भिजन लुम्बिनी लिमिटेडले बोनस शेयर बितरण गर्ने निर्णय पास गर्दै साधारणसभा सम्पन्न गरेको छ । बुटवलमा शनिबार आयोजित दशौँ बार्षिक साधारणसभामा प्रस्तावित १०.५२६२ प्रतिशत लाभांश बितरण गर्ने निर्णय पारित भएको हो ।

    कम्पनीका अध्यक्ष जगतबहादुर पोखरेलले कम्पनीको चुक्ता पूँजीको १० प्रतिशत,करबाहेकले हुन आउने लाभांश बोनस शेयर र कर प्रयोजनका लागि ०.५२६३ प्रतिशत नगद लाभांश गरि जम्मा  १०.५२६२ प्रतिशत लाभांश बितरण गर्ने निर्णय प्रस्ताब पारित भएको जानकारी दिनुभयो ।

    पोखरेल प्रस्ताव गरेको कम्पनीले जारी पूँजीका २० प्रतिशत शेयर सर्बसाधारणका लागि शेयरको प्राथमिक सार्बजनिक निश्कासन (आइपीओ)जारी गर्ने प्रस्ताव समेत पारित भएको छ ।vision_lumbini.jpg

    सो अबसरमा बोल्दै पोखरेलले कम्पनीले उर्जा तथा जलस्रोतमा लगानी बढाएको जानकारी दिदै पोखरामा २५ मेगावाटको सेती नदी जलबिद्युत आयोजना संचालनमा आएको बताउनुभयो ।

    त्यस्तै कास्कीमा ३१ मेगावाटको बज्रामादी जलबिद्युत निर्माणाधिन अवस्थामा रहेको जानकारी दिनुभयो ।

    अध्यक्ष पोखरेलले  पाल्पाको तिनाउ गाउपालिकामा ३.४४ मेगावाटको तिनाउ खोला साना जलबिद्युत आयोजना निर्माण थाल्ने तयारीमा रहेको समेत जानकारी दिदै अब भिजन नेपाल लिमिटेड मार्फत् देशभर समृद्धिको यात्रा तीब्र पारिएको जानकारी दिनुभयो ।

    उहाले सामुहिक लगानी र समृद्धिका लागि इको टुरिजम, अर्थ तथा बित्त, स्वास्थ्य, हस्पिटल, इन्स्योरेन्स, ब्रोकर, यातायात ,जग्गा लगायतका क्षेत्रमा लगानी गरिरहेको र लगानीको प्रतिफल दिने उल्लेख गर्नुभयो ।

    सो अवसरमा संचालकहरु कुलबहादुर केसी,राजिब गौतम,सल्लाहकार इन्जिनियर लेखनाथ पाण्डेय,कृष्णकुमार श्रेष्ठ, उर्जाका अध्यक्ष सुदिपसिंह अधिकारी, भिजन नेपालको संचालक बिनोद अधिकारी,बज्रामादीका संचालक दिपेन्द्र ढकाल, हाँस्य कलाकार जितु नेपाल, जेसिजका अध्यक्ष जीवन कार्की लगायतले बोल्नुभएको थियो ।

    साधारणसभाका अवसरमा हाँस्य कलाकार जितु नेपाल,तथा जेसिजका अध्यक्ष जीवन कार्की लगायतलाई सम्मान गरिएको थियो । कार्यक्रमको संचालन कानुनी सल्लाहकार रामप्रसाद खनालले गर्नुभएको थियो ।

    भिजन लुम्बिनी ऊर्जा कम्पनी लिमिटेडको समेत सातौँ बार्षिक साधारणसभा सम्पन्न :

    7bce5f95-68a7-48e6-b2a8-3365490d3b59.jpeg

    भिजन लुम्बिनी ऊर्जा कम्पनी लिमिटेडको समेत सातौँ बार्षिक साधारणसभा सम्पन्न भएको छ । साधारणसभाले अध्यक्ष सुदिप सिंह अधिकारीको प्रतिवेदन पारित गरेको छ ।

    सो अबवसरमा ऊर्जा तथा जलस्रोत पत्रकार थापा सम्मानित हुनुभएको छ । थापाले पत्रकारिताको माध्यमबाट मुलुकको जलस्रोत र ऊर्जा क्षेत्रमा पुर्याएको योगदानको कदर सम्मान गरिएको कम्पनीले जनाएको छ । थापा हाल जलसरोकार डटकमका प्रधान सम्पादक हुनुहुन्छ ।

    ‘देश र समाज परिवर्तनका लागि पत्रकारिताको माध्यमबाट पुर्याएको महत्वपूर्ण योगदानका साथै भिजन लुम्बिनी ऊर्जा कम्पनी प्रति सधैं गरेको योगदानको उच्च मूल्यांकन गर्दै ससम्मान यो सम्मान पत्र प्रदान गरिएको छ,’ थापालाई दिइएको प्रशंसा पत्रमा भनिएको छ ।कम्पनीका अध्यक्ष सुदिप सिंह अधिकारी तथा कम्पनीका प्रबन्ध सञ्चालक जगतबहादुर पोखरेलले थापालाई प्रशंसा पत्र दोसल्ला ओढाएर सम्मान गर्नुभयो । तीन दशकदेखि पत्रकारकारिता गर्दै आएका थापाले विशेष गरी जलस्रोत, जलविद्युत् तथा ऊर्जा क्षेत्रमा कलम चलाउँदै आउनुभएको छ ।

    यसैगरी जलविद्युत् राष्ट्रिय अभियन्ता कृष्णप्रसाद भण्डारीलाई पनि भिजन लुम्बिनी ऊर्जा कम्पनीले सम्मान गरेको छ । नेपालमा निजी क्षेत्रबाट पहिलो जलविद्युत् निर्माण गरी जलविद्युत्मा निजी क्षेत्रलाई प्रवेश गराउन उनले पुर्याएको योगदानको कदर गर्दै सम्मान गरिएको हो । सम्मानित भण्डारीले भिजन लुम्बिनी ऊर्जा कम्पनीको सम्मानले आफूलाई अझ बढी जिम्मेवार तुल्याएको बताउनुभयो । 

    vision_lumbini agm butwal.jpg

    यी समाचार पनि पढाैँ:-

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    कपिल ज्ञवाली

    डेढ दशकदेखि बुटवलमा रहेर पत्रकारितामा सक्रिय ज्ञवाली नागरिक अनलाइन डटकमका संस्थापक र चिफ एडिटर हुन् ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology