बुटवल,पुस २५ ।
भिजन लुम्बिनी लिमिटेडको आठौं वार्षिक साधारण सभा बुटवलमा सम्पन्न भएको छ ।
लिमिटेडका अध्यक्ष जगत बहादुर पोखरेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा ई.लेखनाथ पौडेल,कुल बहादुर केसी, केशव राज पन्थी,लक्ष्मण ज्ञवाली,बाबुराम श्रेष्ठ,रत्नहरी गौतम लगायतले बोल्दै भिजनको योजनाले देशमा आर्थिक समृद्धिको बाटो खोलेको धारणा राख्नुभयो ।
साधारण सभाबाट आफूलाई नयाँ गतिका साथ नयाँ योजना अघि बढाउन झन् उत्प्रेणा भएको अध्यक्ष पोखरेलले बताउनुभयो ।पोखरेलले संस्थाले उल्लेख्य प्रगति गरेको भन्दै बहुक्षेत्रमा लगानी गरिएको बताउनुभयो । उहानले समाज रूपान्तरणका लागि सधैव क्रियाशील रहेको संस्थालाइ सहि पृष्ठपोषण दिन अपील गर्नुभयो ।
नेपालमा नयाँ भिजन बोकेर बहुआयामिक उध्येश्यका साथ भिजन लुम्बिनी स्थापना भएको हो ।सामूहिक समृद्धिका लागि सामूहिक लगानीको मूल उद्धेश्यका साथ बुटवलबाट स्थापित भिजन लुम्बिनीले शिक्षा, पर्यटन, कृषि, अर्थ, संचार, स्वास्थ्य, उर्जा,बित्त, यातायात लगायतका क्षेत्रमा समेत लगानी गरिरहेको छ ।
सेती नदीमा भिजन उर्जाको हाइड्रो भिडियो रिपोर्ट हेरौँ :-
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)