बुटवल,पुस २९।
भिजन लुम्बिनीले बुटवलमा होम टाउन इन्टर्याक्सन कार्यक्रम गरेको छ ।बुटवलमा एक कार्यक्रमका बिच अन्तरक्रिया गरेको हो । भिजनले अहिलेसम्मको कार्यप्रगतिका बारेमा सरोकारवालाहरुलाइ जानकारी गराएको हो ।
रुपन्देहीका लगानीकर्ताहरुले गण्डकी प्रदेशको पोखरामा माछापुच्छ्रेको भराभरीस्थित सेती नदीमा बाँध निर्माण गरेर ६ हजार ४०० मिटर लामो भूमिगत पाइपमार्फत पानी ल्याएर सेती नदी हाइड्राेको ७० प्रतिशत काम गरिसकेको छ ।
विसं २०७७ साउनदेखी २७ महिनाभित्रमा आयोजना सम्पन्न गर्ने लक्ष्य राखिएकामा कार्यतालिका अनुसारनै काम अघि बढेकाले तोकिएको समय अगावै विद्युत उत्पादन हुने भिजन लुम्विनी उर्जा कम्पनीका कार्यकारी अध्यक्ष जगतबहादुर पोखरेलले बताए ।
उत्पादित विद्युत चार किमी दूरीमा रहेको लाहाचोकमा निर्माणाधीन नेपाल विद्युत प्राधिकरणको सवस्टेशनमा जम्मा गरी राष्ट्रिय प्रशारण लाइनमा जोड्ने योजना छ । पाँच अर्व रुपैया लगानी रहेको आयोजनामा रु तीन अर्व ५० करोड विभिन्न बैँक तथा वित्तिय संस्थाले लगानी गर्ने भएका छन् । बैक वित्तिय संस्थासँग लगानी सम्बन्धी सम्झौता यसअघिनै सम्पन्न भइसकेको आयोजना प्रवन्धक इन्जिीनियर लेखनाथ पाण्डेले जानकारी दिए ।

सो अबसरमा रुपन्देहीमा क्रियाशिल बिभिन्न दलका नेता,सरोकारवाला निकाय,लगानीकर्ताले सुझाव समेत राखेका थिए । साे कार्यक्रमको संचालन रबिन पाेखरेलले गरेका थिए ।
आयोजनाले सामाजिक उत्तरदायित्व अन्तर्गत माछापुच्छ्रेको स्थानीय सरकार,शैक्षिक संस्था तथा विभिन्न क्लवहरुलाई सहयोग गर्दै आएको जनाएको छ । सामाजिक उत्तरदायित्वबाट वार्षिक रु ९० लाख सहयोग गर्ने सम्झौता स्थानीय सरकारसंग भएको कम्पनीले जनाएको छ ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)