Logo मंगलवार, श्रावण १२ गते २०८३
images

नेपालमा काँग्रेसले खुल्ला अर्थनीति ल्याएका कारण नीजि क्षेत्र फस्टाउन पाए : बालकृष्ण खाँण

नेपालमा काँग्रेसले खुल्ला अर्थनीति ल्याएका कारण नीजि क्षेत्र फस्टाउन पाए : बालकृष्ण खाँण

  • 2.7K
    SHARES

  • नेपालमा काँग्रेसले खुल्ला अर्थनीति ल्याएका कारण नीजि क्षेत्र फस्टाउन पाए : बालकृष्ण खाँण

    बुटवल,पुस २८-

    नेपाली काँग्रेसका नेता बालकृष्ण खाँणले उद्योगी व्यवसायीलाई राजनीतिमा आउन आह्वान गर्नुभएको छ । उद्योग धन्दा राम्रोसँग संचालन गरेकाहरुले देश पनि राम्रोसँग संचालन गर्न सक्ने बताउदै उहाँले उद्योगी व्यवसायीहरु पनि राजनीतिमा आए देश सफल हुने धारणा राख्नुभयो । 

    भिजन लुम्बिनी उर्जा कम्पनी लिमिडेटको साधारण सभा उद्घाटन कार्यक्रममा उहाँले भन्नुभयो, “सफल व्यवसायी सफल राजनीतिकर्मी पनि हुन सक्छन, सफल राजनीतिकर्मी धेरै भए देश पनि सफल हुन्छ ।”

    उद्योगी व्यवसायीहरुलाई आन्दोलनमा नआएपनि राम्रो राजनीतिक व्यवस्थाका लागि भने सहयोग र समर्थन गर्नुपर्नेमा नेता खाँणले जोड दिनुभयो ।“लोकतन्त्र, विधिको शासन र आमनागरिकको जीवनमा असर पर्दा उद्योगी व्यवसायीले पनि आवाज उठाउनु पर्छ” उहाँले भन्नुभयो ।

    पूर्व मन्त्री समेत रहनु भएका काँग्रेस नेता खाँडले दल र नेताहरुले उद्यमीहरुले सम्मान र सहयोग मात्रै हैन गलत गर्न लागेको बेला खवरदारी पनि गर्नुपर्नेमा जोड दिनुभयो । vision lumbini.jpg

    देशमा राजनीतिक अस्थीरता र धेरै आन्दोलन हुँदा उद्यमीहरु लामो समयसम्म समस्यामा परेपनि अव राम्रो होला भन्ने आशा गरिरहेको बेला प्रधानमन्त्री केपी शर्मा ओलीले  निराशाजनक अवस्था ल्याएको उहाँको भनाई थियो । 

    मुलुकमा खुल्ला अर्थनीति काँग्रेसले नै ल्याएको र त्यही नीतिका आधारमा नीजि क्षेत्र फस्टाउन पाएको चर्चा गर्दै उहाँले ठिक नीति ल्याउनेलाई उद्योगी व्यवसायीहरुले प्रोत्साहन गर्नुपर्नेमा जोड दिनुभयो ।  जलशक्ति र जनशक्तिमा नेपाल बलियो भएकाले जलशक्तिलाई उपयोग गर्न भिजन लुम्बिनी जस्ता सामुहिक कम्पनीहरुले ठूलो योगदान गर्न सक्ने विश्वास व्यक्त गर्नुभयो ।

    काँग्रेस नेता खाँणले भिजन लुम्बिनीको सामुहिक पुँजी र एकिकृत प्रयास अनुकरणीय रहेको थाहा पाउँदा खुशी लागेको बताउनुभयो । 

    संस्थाका अध्यक्ष जगतबहादुर पोखरेलले संस्थाको गरिमा बढाउन आफ्नो टीम दत्तचित्त भएर अभियानमा लागेको बताए । सेती नदी हाइड्रोमा एनएमबी बैंक लिमिटेडको अगुवाईमा ३ बैंक तथा वित्तीय संस्थाले ३.५० अर्ब रुपैयाँ लगानी गर्ने प्रतिबद्धता जनाएको भिजन लुम्बिनीका अध्यक्ष पोखरेलले जानकारी दिनुभयाे  ।

    एनएमबी बैंक एक्लैले आयोजनामा २ अर्ब २० करोड रुपैयाँ लगानी गर्नेछ । यस्तै, कर्मचारी सञ्चय कोषले ८० करोड र कृषि विकास बैंकले ५० करोड लगानी गर्नेछन् ।कूल ५ अर्ब रुपैयाँ लागत अनुमान गरिएको आयोजना आगामी २०७९ साउनभित्र निर्माण पूरा गरी विद्युत् उत्पादन गर्ने लक्ष्य रहेको छ ।

    आयोजनाको विद्युत् विद्युतगृहदेखि ४ किलोमिटर टाढा १३२ केभी लाहाचोक सबस्टेसनमा जोडिनेछ ।कार्यक्रममा पुर्व अर्थमन्त्री डा रामशरण महत, राष्ट्र बैंकका कार्यकारी निर्देशक डा प्रकाश श्रेष्ठ,इपानका केन्द्रीय अध्यक्ष कृष्ण आचार्य,भिजन लुम्बिनीका आर्थिक सल्लाहकार नारायण पौडेल,एचआइडिसिएलका प्रमुख कार्यकारी अधिकृत छविराज पोखरेल,ज्ञानेन्द्र कसजू,इन्जिजियर एलएन पाण्डे ,जीवन भण्डारी लगायतले बोलेका थिए ।  

    यी समाचार पनि पढाैँ :-

    नेपालमा काँग्रेसले खुल्ला अर्थनीति ल्याएका कारण नीजि क्षेत्र फस्टाउन पाए : बालकृष्ण खाँण

    विद्युत खपत बढाउन उर्जा मन्त्री रायमाझीको आह्वान

    छरिएको पुँजी एकिकृत गरेर लगानी गर्ने अभ्यास गरौँ : अर्थमन्त्री विष्णु पौडेल

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology