Logo मंगलवार, श्रावण १२ गते २०८३
images

छरिएको पुँजी एकिकृत गरेर लगानी गर्ने अभ्यास गरौँ : अर्थमन्त्री विष्णु पौडेल 

छरिएको पुँजी एकिकृत गरेर लगानी गर्ने अभ्यास गरौँ : अर्थमन्त्री विष्णु पौडेल 

  • 3.9K
    SHARES

  • छरिएको पुँजी एकिकृत गरेर लगानी गर्ने अभ्यास गरौँ  : अर्थमन्त्री विष्णु पौडेल 

    बुटवल,पुस २८-

    अर्थमन्त्री विष्णु पौडेल छरिएको पुँजीलाई एकिकृत गरेर उत्पादनमुलक काममा लगाएर भिजन लुम्बिनी कम्पनी लिमिटेडले अनुकरणीय अभ्यास गरिरहेको बताउनु भएको छ ।

    झण्डै एक हजार जनाको समूहिक लगानीमा स्थापना भएको कम्पनीको साधारणसभा उद्घाटन गर्दै उहाँले भिजन लुम्बिनीले वित्तिय क्षेत्रमा सह्रानीय काम गरेको उल्लेख गर्नुभयो।

    बुटवलका युवा उद्यमी जगत पोखरेलको नेतृत्वमा स्थापना भएको कम्पनीले धेरै जनाको थोरै थोरै पुजी संकलन गरेर संयुक्त लगानी गर्ने अभ्यास नमुन भएको उहाँले बताउनुभयो ।

    नौ क्षेत्रमा काम गर्नेगरी स्थापना भएको कम्पनीले अहिले पोखराको कास्कीमा २५ मेघावाटको सेतीनदी जलविद्युत आयोजना निर्माण गरिरहेको छ । जलविद्युत आयोजनाको काम गुणस्तरीय र तिव्र रुपमा भइरहेको थाहा पाएको बताउदै अर्थमन्त्री पौडेलले अन्य क्षेत्रमा पनि त्यस्तै सफलताका लागि शुभकामना पनि दिनुभयो ।

    बुटवलका स्थायी बासिन्दा पौडेलले बुटवल क्षेत्रका उद्यमीहरुको सक्रियता र लगानीमा राम्रो काम भएको थाहा पाउँदा गौरब लागेको बताउनुभयो । उहाँले छरिएको पुँजीलाई एकिकृत गरेर उत्पादनमा लगाउने अभ्यास अरुले पनि अनुशरण गर्नु पर्नेमा जोड दिनुभयो ।  

    सामुहिक लगानीमा निर्माण भइरहेको सेतीखोला जलविद्युत आयोजनाका लागि सरकारी स्वामित्वको हाइड्रो इलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआइडिसिएल)ले कूल स्वपुँजी मध्ये १८.५२ प्रतिशत (२० करोड रुपैयाँ) लगानी गर्ने सम्झौता गरेको छ ।vision lumbini.jpg

    भिजन लुम्बिनीले तिब्र गतीमा पारदर्शी, सुशासन र जवाफदेहितासहित सामुहिक लगानीमा काम गरिरहेकाले निर्धारित समयमा गुणस्तरीय काम सम्पन्न हुने धेरै आधार देखिएकाले लगानी गरेको एचआइडिसिएलका प्रमुख कार्यकारी अधिकृत छविराज पोखरेलले बताउनुभयो।

    सेती नदी हाइड्रोमा एनएमबी बैंक लिमिटेडको अगुवाईमा ३ बैंक तथा वित्तीय संस्थाले ३.५० अर्ब रुपैयाँ लगानी गर्ने प्रतिबद्धता जनाएको भिजन लुम्बिनीका अध्यक्ष जगत पोखरेलले जानकारी दिनुभयो ।

    एनएमबी बैंक एक्लैले आयोजनामा २ अर्ब २० करोड रुपैयाँ लगानी गर्नेछ । यस्तै, कर्मचारी सञ्चय कोषले ८० करोड र कृषि विकास बैंकले ५० करोड लगानी गर्नेछन् ।

    कूल ५ अर्ब रुपैयाँ लागत अनुमान गरिएको आयोजना आगामी २०७९ साउनभित्र निर्माण पूरा गरी विद्युत् उत्पादन गर्ने लक्ष्य रहेको छ । आयोजनाको विद्युत् विद्युतगृहदेखि ४ किलोमिटर टाढा १३२ केभी लाहाचोक सबस्टेसनमा जोडिनेछ ।

    ६ महिना बर्खा र ६ महिना हिउँदमा उत्पादित विद्युत् किन्ने गरी नेपाल विद्युत् प्राधिकरणसँग विद्युत् खरिद सम्झौता (पिपिए) भएको छ ।

    पिपिए अनुसार प्राधिकरणले बर्खामा प्रतियुनिट ४.८० रुपैयाँ र हिउँदमा ८.४० रुपयाँमा विद्युत् किन्नेछ । हालसम्म करिब २५ प्रतिशत निर्माण पूरा भइसकेको आयोजनाबाट वार्षिक १४८ गिगावाट घन्टा विद्युत् उत्पादन हुने अध्ययनले देखाएको छ । रसुवा लुना जेभी कम्पनीले आयोजना निर्माणको जिम्मा पाएको छ ।

    नदी प्रवाही प्रकृतिको आयोजनामा ५ मिटर उचाई र १३ मिटर लम्बाईको बाँध निर्माण हुनेछ ।

    यी समाचार पनि पढाैँ :-

    नेपालमा काँग्रेसले खुल्ला अर्थनीति ल्याएका कारण नीजि क्षेत्र फस्टाउन पाए : बालकृष्ण खाँण

    विद्युत खपत बढाउन उर्जा मन्त्री रायमाझीको आह्वान

    छरिएको पुँजी एकिकृत गरेर लगानी गर्ने अभ्यास गरौँ : अर्थमन्त्री विष्णु पौडेल

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology