Logo मंगलवार, श्रावण १२ गते २०८३
images

भिजन लुम्बिनीको दशौं बार्षिकोत्सव : ‘सामुहिक लगानीबाट नै समृद्धिको बाटो तय’

भिजन लुम्बिनीको दशौं बार्षिकोत्सव : ‘सामुहिक लगानीबाट नै समृद्धिको बाटो तय’

  • 3.1K
    SHARES

  • भिजन लुम्बिनीको दशौं बार्षिकोत्सव : ‘सामुहिक लगानीबाट नै समृद्धिको बाटो तय’

    बुटवल,जेठ ४ ।

    सामुहिक लगानीबाट नै समृद्धिको बाटो तय गर्न सकिने एक कार्यक्रममा औँल्याइएको छ ।सबै तह र स्तरका मानिसहरुको स सानो पूजीलाइ एकिकृत गरेर लगानी गर्ने र यसको सहिढंगले ब्यबस्थापन गर्न सके महत्वपूर्ण उपलब्धि हासिल गर्न सकिने उहाँहरुको भनाइ छ ।

    भिजन लुम्बिनीको दशौं बार्षिकोत्सवको अवसरमा बुटवलमा आयोजित सामुहिक लगानी र समृद्धि बिषयक अन्तक्र्रियामा बोल्ने अधिकांश वक्ताहरुले सामुहिक लगानीमा बैदेशिक पूजी नभइ राष्ट्रिय पुजिलाइ महत्व दिएर अघि बढ्नुपर्नेमा जोड दिए ।
    सो अवसरमा बोल्दै भिजन लुम्बिनीका अध्यक्ष जगतबहादुर पोखरेलले बिस २०७२ सालबाट शुरु भएको भिजनमा कर्पोरेट कल्चर र बिधिको शासन स्थापित गर्न खोजीएको बताउनुभयो ।

    उहाले १० बर्ष अघि स्थापित संस्थाले अहिले करिब १० वटा फरक-फरक संस्थाको नेतृत्व गरेको र भर्खरै सेती नदीको २५ मेगाघाट जलबिद्युत आयोजना निर्माण सम्पन्न भएर पोखरामा बिजुली उत्पादन समेत भैरहेको बताउनुभयो ।पोखरेलले बुटवलबाट शुरु भएको भिजनले १६०० जना शेयर सदस्य रहेको र अहिले उर्जा, पर्यटन ,बित्त ,शिक्षा, स्वास्थ्य, कृषि तथा सुचना प्रविधिका क्षेत्रमा लगानी गरेर अगाडी बढिरहेको बताउनुभयो ।

    पोखरेलले बोल्ने भन्दा पनि काम गरेर देखाउने अभियानमा लागेको बताउनुभयो ।बुटवलबाट शुरूवात भएको अभियान देशैभर पुगेको बताउदै उर्जामा गरेको लगानीले प्रतिफल दिन थालेको उल्लेख गर्नुभयो । अब भिजन लुम्बिनीलाई थप विस्तार गरि भिजन नेपालको बृहत अवधारणा बनाइएको उहाँको भनाइ छ ।

    कार्यक्रममा भिजन लुम्बिनीका सञ्चालक समिति सदस्य कुलबहादुर केसिले १० बर्षमा नौ वटा विभिन्न क्षेत्रमा कम्पनीहरू स्थापना गरि देशैभर लगानीकर्ताहरूलाई जोडन सफल भएको बताउनुभयो । अब भिजन नेपालमा कम्तिमा २ देखि ५ लाखसम्म लगानी गर्ने गरि सामुहिक भावनामा अगाडी बढ्ने उल्लेख गर्नुभयो ।भिजन लुम्बिनी उर्जा कम्पनीका अध्यक्ष सुदिप सिंह अधिकारीले अहिले पोखरा कास्कीमा सेती जलबिद्युतमा बिजुली बालेर सफलतापूर्वक काम सकिएको बताउनुभयो ।

    vision.jpeg

    लगानीका सम्भावनाहरू खोज्ने उद्धेश्यका साथ विभिन्न क्षेत्रमा व्यक्तिहरूको उपस्थितिमा अन्तरक्रिया गरिएको संचालक राजिव गौतमले बताउनुभयो । कार्यक्रममा नेकपाका केन्द्रिय सदस्य तथा इन्चार्ज शरद वलीले सामुहिक लगानीले आधारभूत तहलाइ समेट्नु सकारात्मक रहेको बताउनुभयो ।

    राप्रपा प्रदेश अध्यक्ष प्रदिपकुमार उदयले बुटवलमा अथाह संभावना रहेको र संभावना चिनेको मान्छे पोखरेल भएको बताउनुभयो । एमाले रूपन्देही अध्यक्ष यज्ञ गैरेले सामुहिक लगानी सफल भएको उदाहरण भिजन लुम्बिनीले दिएको बताउनुभयो ।

    नेपाल मजदुर किसान पार्टीका जिल्ला अध्यक्ष हरिसुन्दर बासी राष्ट्रिय पुजिलाइ महत्व दिन आग्रह गर्नुभयो । नेपाली कांग्रेसका नगर उपसभापति ज्योति भण्डारीले बुटवललाइ एक्स्ट्रा बजार बनाउन नयाँ संभावनाहरुको खोजी गरिरहनुपर्ने बताउनुभयो । बरिष्ठ पत्रकार डा.बालकृष्ण चापागाइले बुटवलबाट जन्मिएको भिजन लुम्बिनीले देशभर नै राम्रो प्रभाव रहेको उल्लेख गर्नुभयो ।

    कार्यक्रममा प्राध्यापक डा.आरसि आचार्य,पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष दिनेश पाण्डे, भिजनका सन्तोष पोखरेल, रास्वपाका नगर सभापति राजन पाण्डे लगायतले बोल्दै भिजनमा भएको सामुहिक लगानीले सबैलाइ प्रतिफल दिएको बताएका थिए । 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology